No Image Headlineस्वास्थ्य/जिवनशैली

यसरी हटाउन सकिन्छ निन्द्रामा झस्किने समस्या

Thrill Factory
Rungta Group

सामान्य भाषामा कतिपयले यस्तो मनोसामाजिक तथा मानसिक तनावका कारण हुने हुने गर्छ भनेर पनि भन्ने गर्छन् ।

राति राम्रोसँग निद्रा नपर्ने, पातलो निद्रा हुने, नराम्रो सपना देखिने र शारीरिक समस्याका कारण मानिस निद्रामा झस्किन्छन् ।

कहिलेकाहीँ शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ ।

मानसिक तनाव भएका व्यक्ति वा अधिकांश चिन्तामा रहने मानिसलाई निद्राबाट झस्किएर सुत्न गाह्रो हुने गर्दछ । यस्तो समस्या हुँदा निद्राको बीचबीचमा बिउँझिने, डर लाग्ने, उठ्दा पसिनैपसिना हुने र श्वास फेर्न गाह्रो हुने गर्दछ ।

यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखा पर्छ । कहिलेकाहीँ पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि मानिसहरू निद्रामा झस्किने गर्दछन् ।

अझ रक्सी र लागूऔषध धेरै खाने मानिसहरूमा पनि यस्तो समस्या आउन सक्छ । कतिपय निद्राको औषधि सेवन गर्ने मानिसमा पनि यस्तो समस्या आउन सक्छ ।

यसरी बच्न सकिन्छ ?
सबै भन्दा पहिला निद्रामा झस्किने आफ्नो बानी छ या छैन भनेर जान्न जरुरी हुन्छ । साना बालबालिकालाई त परिवारका सदस्यले थाहा पाउने गर्छन् तर ठूला व्यक्तिहरूले आफूले यो थाहा पाएर त्यसको समाधान तिर लाग्नु पर्छ ।

– दैनिक रूपमा बेलुका सुत्ने तालिका सधैँ एउटै बनाउने र उठ्ने समय पनि एउटै पार्ने ।
– सुत्ने बेलामा कफी, रक्सी, धुमपान सेवन नगर्ने ।
– सुत्ने कोठा शान्त राख्ने साथै बेडमै बसेर टिभी हेर्ने वा पढ्ने बानी हटाउने ।
– सुत्ने कोठामा बत्ती नबाल्ने, बाल्नु परे पनि कम चम्किलो बत्ती मात्र बालेर निदाउने ।
– चिन्ता र तनाव कम गरेर सुत्ने ।
– दैनिक रूपमा बिहान कम्तीमा आधा घण्टा शारीरिक व्यायाम गर्ने वा हिँड्ने बानीको विकास गर्ने ।
– दिउँसो सुत्ने बानी हटाउने र आफूलाई दिनभर व्यस्त राख्ने गरेमा सही रूपले निन्द्रा लाग्छ र यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button