खेल संसार

आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

Thrill Factory
Rungta Group

आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १–० को जित निकालेपछि पहिलो लिगमा पोर्टो १–० ले विजयी भएको आधारमा नतिजा १–१ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो ।

अतिरिक्त समयमा दुवै टोलीले कुनै गोल नगरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

त्यस्तै बार्सिलोनाले गएराती नै सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा नापोलीलाई ३–१ गोलले पराजित गर्दै समग्रमा ४–२ को नतिजासहित च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

योसँगै अहिलेसम्म आर्सनलसहित बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button