No Image Headlineअर्थदेशमुख्य खबरविशेष

चिनी उद्योगीले सिजनमै किलोमा ११ रुपैयाँ बढाए भाउ : यो वर्ष मूल्य आकाशिने, के गर्दैछ सरकार ?

Thrill Factory
Rungta Group

चिनी उद्योगीले यो वर्ष उखुको क्रसिङ नसकिँदै चिनीको भाउ ह्वात्तै बढाएका छन् । स्वदेशी बजारमा मागको तुलनामा न्यून उत्पादन र आयातमा उच्च दरको भन्सार दर राखिएपछि उद्योगीले चिनीको भाउमा मनपरी चलाउँदै आएका हुन् ।

अहिले चिनी उत्पादनको सिजन चलिरहेका बेला एक महीनाभित्रै चिनी उद्योगीले प्रतिकिलो ११ रुपैयाँ मूल्य बढाइसकेका छन् । गत माघमा चिनीको कारखाना मूल्य ८५ रुपैयाँ रहेकोमा अहिले भाउ ९६ रुपैयाँ पु¥याइसकेको खरिदकर्ताले बताएका छन् ।

अघिल्लो वर्ष यतिबेला चिनीको मूल्य ८०/८२ रुपैयाँ र चैत अन्तिममा ८५ रुपैयाँ पुगेको थियो । जेठमा ९० रुपैयाँ पुगेको थियो । बितेको दशैतिहारजस्ता चाडपर्वका बेला कारखाना मूल्य १२० रुपैयाँसम्म पु र्‍ याएका थिए ।

आम उपभोक्तासम्म पुग्दा यो १५०/६० रुपैयाँसम्म पुगेको थियो । चिनीको माग र उत्पादनबीचको अन्तरमा चलखेल गरी वर्षेनि उपभोक्ता ठग्ने काम भए पनि सरकारको उदासीनता अर्थपूर्ण मानिएको छ ।

देशमा करिब ३ लाख मेट्रिकटन चिनीको माग छ । गत वर्ष स्वदेशका उद्योगले १ लाख ६७ हजार टन उत्पादन गरेका थिए । यो वर्ष उत्पादन सवा लाख टन पनि नपुग्ने उत्पादकले बताएका छन् । यो वर्ष चिनी उत्पादनको सिजनमै मूल्य ह्वात्तै बढेपछि चिनीको भाउ आकाशिने अनुमान गरिएको छ ।

खपतअनुसार आपूर्ति नभएको अवस्थामा सरकारले चिनीको आयातमा ३० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लगाएर आयातलाई महँगो बनाएको छ । सरकारले ५० प्रतिशत भन्सार छूटमा ल्याउने भनिएको चिनी २ वर्षयता आउन सकेको छैन ।

उता भारतले चिनी निकासीमा रोक लगाएको छ । यो मौकामा उद्योगीले नै चिनीको तस्करी गराएर मूल्यमा लूट मच्चाएका छन् । सरकारले यो वर्ष मगाउने भनिएको ५० हजार टन चिनी पनि भित्र्याउन नसकेपछि उद्योगलाई नै जिम्मा दिएको छ । केही उद्योगले यस्तो चिनी ल्याए पनि अधिकांश उद्योग महँगो चिनी किन्न बाध्य छन् ।

आमउपभोक्ताले तस्करीको चिनी खपत गरेका छन् । तर, चिनी उपभोग गर्ने चकलेट, बिस्कुट, चुईगम, पेय पदार्थलगायतका उद्योगहरुले महँगो चिनी किन्नुपर्ने बाध्यता छ । तस्करीको चिनी खपत गर्दा खर्च देखाउन नमिल्ने भएपछि उद्योगले महँगो चिनीले उत्पादन लागत बढेको गुनासो उद्योगीहरुको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button