No Image Headlineस्वास्थ्य/जिवनशैली

किन हुन्छ मोतिबिन्दु ? यस्ता छन् बच्ने उपाय

Thrill Factory
Rungta Group

हाम्रो आँखाभित्र एउटा पारदर्शी लेन्स हुन्छ। त्यो लेन्सबाट लाइटभित्र सजिलै जान्छ। त्यो लेन्स धमिलो भयो भने त्यहाँबाट प्रकाश भित्र जाँदैन। फलस्वरुप हाम्रो दृष्टि विस्तारै कम हुँदै जान्छ। त्यस्तो अवस्थालाई मोतिबिन्दु भनिन्छ।

धेरैजसो ६० वर्ष माथिका व्यक्तिमा बढी जोखिम हुन्छ। तर, नवजात शिशुदेखि जुनसुकै उमेर समूहमा पनि मोतिबिन्दु देखिन सक्छ। बच्चामा देखियो भने  उनीहरुले भन्न सक्दैनन्। उनीहरुको क्रियाकलापबाट अभिभावकले मोतिबिन्दु भएको हो कि भनेर शंका गर्ने र तत्काल उपचारमा लाग्नुपर्छ। अलि बृद्ध उमेर हो र आँखा धमिलो देखियो, टाढा वा नजिक भनेर छुट्याउन कठिन भएमा तुरुन्तै उपचार गर्नु राम्रो हुन्छ।

बच्चामा लाग्ने मोतिबिन्दुमा बच्चा पेटमा हुँदा एक्सरे गर्ने, एन्टीबायोटिक औषधिहरु खाने, चोटपटक लाग्ने, आमालाई कुपोषण जस्ता समस्या तथा वंशाणुगत गुणका कारण पनि हुने गर्दछ।

उमेर बढ्दै जाँदा आँखामा चोटपटक लाग्दा र आँखामा अरु नै कुनै समस्या छ भने पनि मोतिबिन्दु हुने सम्भावना धेरै हुन्छ। त्यस्तै, सुगरका बिरामीमा मोतिबिन्दु धेरै हुने गरेको छ।

चस्मा लगाएर केही समय रोकथाम गर्न सकिन्छ। तर औषधि खाएर मोतिबिन्दु जाँदैन। ढिलो चाँडो यसको विकल्प भनेको अप्रेसन नै हो।

पछिल्लो समय मोतिबिन्दुको समस्या धेरै छ। दृष्टिदोषको प्रमुख कारण भनेकै मोतिबिन्दु बनेको छ। मोतिबिन्दुबाट बच्न गर्भावस्थामै महिलाले विशेष ध्यान दिनुपर्छ। एण्टिबायोटिक औषधि नखाने, चोटपटक लाग्नबाट बच्ने, पोषिलो खानेकुरा खाने, आनुवांशिक लक्षण छ भने जन्मिनेबित्तिकै बच्चाहरुको आँखा परीक्षण गर्नुपर्छ। वयस्क मानिसको हकमा पनि आँखामा चोटपटक लाग्नबाट बच्न, हरियो सागपात, बेला–बेलामा आँखाको परीक्षण गराउने गर्यौं भने मोतिबिन्दुबाट केही हदसम्म बच्न सकिन्छ।

पहिले पहिले त अप्रेसनपछि केही दिन अस्पतालमै राखिन्थ्यो। तर, अहिले केही समयमै डिस्चार्ज गरिन्छ। आँखामा चोटपटक लाग्नबाट बचाउनुपर्छ, धुवाँ धुलोबाट जोगाउने, नियमितरुपमा औषधि राख्ने, बेला–बेलामा आँखा जाँच गराउनुपर्छ।

नियमित सेवाबाहेक सामुदायिक आँखा कार्यक्रम मार्फत विशेषज्ञ टोलीसहित ग्रामीण क्षेत्रमा गएर मोतिबिन्दुका बिरामीको निःशुल्क अप्रेसन गर्ने गरिएको छ। अस्पतालमा आउने बिरामीको पनि न्यून शुल्कमा उपचार गर्ने गरिएको छ।

अस्पतालको पहुँचमा पुग्न नसकेका गरिब, उपेक्षित समुदाय तथा विशेष गरेर महिलाका लागि एकदमै प्रभावकारी भइरहेको छ।

जुन–जुन ठाउँमा स्वास्थ्य बीमा छ, त्यहाँ अप्रेसनको रकम बीमाले पर्याप्त हुन्छ। त्यसैले सबै आँखा अस्पताल तथा आँखा केन्द्रमा बीमा नीति लागू गर्यो भने सम्बन्धित बिरामीलाई अप्रेशन निःशुल्क हुने थियो। यसतर्फ राज्यको दृष्टि जानु जरुरी छ।

कुनै पनि उमेर समूहका मानिसमा आँखा धमिलो हुने समस्या देखियो भने ढिलो नगरी नजिकैको आँखा अस्पतालमा गएर आँखा जाँच गराउनु राम्रो हुन्छ। आँखामा केही समस्या देखियो भने डाक्टरको सल्लाहबिना जथाभावी औषधिको प्रयोग नगर्नुहोला। सामान्य उपचारमा निको हुने रोग सानो लापरवाहीले भयावह बन्ने भएकाले समयमै ध्यान पुर्याउनु राम्रो हुन्छ। विज्ञहरुसँगको कुराकानीमा आधारित । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button