No Image Headlineस्वास्थ्य/जिवनशैली

यसकारण राखिन्छ घरमा अग्ला पहाड र हिमालका तस्विर

Thrill Factory
Rungta Group

हामी धेरैले घर तथा कार्यालयहरुमा अग्ला पहाड तथा हिमालका तस्बिर राखेको देखेका छौँ ।

यस्ता तस्बिरले भित्तामा राख्दा कोठाको सुन्दरता बढाउने गर्दछ । तर, यसले कोठाको सुन्दरता मात्र बढाउने नभएर आत्मबल बढाउनमा पनि मद्दत गर्दछ ।

आज हामी घरका भित्तामा अग्लाअग्ला पहाड तथा हिमालका तस्बिर राख्दा कस्तो फल मिल्छ भन्ने बारेमा चर्चा गर्नेछौँ ।

वास्तुशास्त्र अनुसार घरमा अग्लाअग्ला हिमालका तस्बिरहरू राख्दा मानिसको आत्मविश्वास र मनोबल बढ्छ ।

यस्ता तस्बिरले जीवनमा सदैव सकारात्मक उर्जा ल्याउने मान्यता छ । हिमाललाई गौरवका रुपमा पनि मान्ने गरिन्छ ।

हिमाल पहाडका तस्बिरमा उडिरहेका चरा पनि राख्ने गरेको पाइन्छ । यस्तो तस्बिरले पनि मानिसको जीवनमा सकारात्मकता र हौसला प्रदान गर्ने गर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button