No Image Headlineस्वास्थ्य/जिवनशैली

हरियो लसुन नियमित सेवनका यस्ता छन् फाइदा

Thrill Factory
Rungta Group

लसुनले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। आहारमा हरियो लसुनलाई नियमित समावेश गर्न र आवश्यकताभन्दा धेरै लसुन नखान विज्ञहरुले सुझाव दिएका छन्। यसको सन्तुलित सेवनका फाईदा निम्न छन् ।

मौसमी फ्लू र रुघाखोकीबाट राहत

हरियो लसुनको सेवनले मानिसलाई चिसो र फ्लूबाट सुरक्षा प्रदान गर्छ। आफ्नो आहारमा हरियो लसुन नियमित रूपमा समावेश गर्नाले रुघाखोकी र फ्लूबाट बच्न सकिन्छ। लसुन–अदुवाको रसमा मह मिसाएर खानाले पनि चिसो र फ्लूबाट बच्न सकिन्छ।

कोलेस्ट्रोल कम गर्छ

हरियो लसुन सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। हरियो लसुनले कोलेस्ट्रोल घटाउने र रगत पातलो पार्ने काम गर्छ। हरियो लसुनको नियमित सेवनले उच्च रक्तचाप र स्ट्रोक जस्ता मुटुसम्बन्धी रोगबाट बच्न सकिन्छ।

क्यान्सरका कोशिकाहरू बढ्नबाट रोक्छ

जाडोमा क्यान्सर रोगीको आहारमा हरियो लसुन समावेश गर्नुपर्छ। यसले क्यान्सर कोशिकालाई बढ्नबाट रोक्छ। साथै, क्यान्सर जस्ता गम्भीर रोगको पारिवारिक इतिहास भएकाहरूले विशेष गरी हरियो लसुन खानुपर्छ।

घाउ निको पार्न सहायक

शरीरमा भित्री वा बाहिरी घाउ भएमा हरियो लसुनको सेवन गर्नुपर्छ। ताजा हरियो लसुनमा एलिसिन हुन्छ। यसले एन्टिबायोटिकको रूपमा काम गर्छ र शरीरको बाहिरी र आन्तरिक घाउहरू निको पार्न मद्दत गर्दछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button