देशस्वास्थ्य/जिवनशैली

नसर्ने रोगबाट वर्षेनि ४१ मिलियन व्यक्तिको मृत्यु

Thrill Factory
Rungta Group

नेपालमा मात्रै नभई विश्वभरि नै नसर्ने रोगबाट प्रभावितको संख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष ४१ मिलियन व्यक्तिको मृत्यु नसर्ने रोगको कारणले भइरहेको छ ।

जुन रोगबाट हुने मृत्युको झन्डै ७४ प्रतिशत हो । यसबाहेक प्रत्येक वर्ष झन्डै १७ मिलियन जनसंख्या ७० वर्षको उमेरभन्दा अर्थात् औसत आयुभन्दा पहिला मरिरहेको छ भने न्यून र मध्यम आयु भएका देशहरूमा ८६ प्रतिशत अकाल मृत्यु भइरहेको पछिल्लो तथ्यांकले देखाउँछ ।

अस्वस्थ जीवनशैली र उपचारको अभावमा न्यून आयु भएका देशहरू नसर्ने रोगबाट बढी प्रभावित भइरहेका छन् । डब्लुएचओको पछिल्लो एक तथ्यांकअनुसार नसर्ने रोगबाट हुने मृत्युको ७७ प्रतिशत मृत्यु कमजोर आर्थिक अवस्था भएका देशमा भइरहेको पाइएको हो । जसमध्ये सबैभन्दा बढी कार्डियोभास्कुलर अर्थात् मुटुसम्बन्धी समस्याका कारण भइरहेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button