No Image Headlineस्वास्थ्य/जिवनशैली

एन्टिबायोटिकको आफूखुशी प्रयोगले निम्तिन सक्ने स्वास्थ्य समस्या

पछिल्लो समय एन्टिबायोटिक प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ। जुनसुकै रोग लागे पनि चिकित्सकको सल्लाह बिना नै आफूखुसी मेडिकलमा गएर एन्टिबायोटिकको सेवन गर्नेको संख्या बढिरहेको छ।

Patanjali Nepal
SweetMart Nepal

एन्टिबायोटिक प्रयोग गर्नाले शरीरमा भएको ब्याक्टेरियल इन्फेक्सनको रोकथाम गर्छ। अर्थात् भएका ब्याक्टेरियालाई नाश गर्छ र ब्याक्टेरियल इन्फेक्सन हुन दिँदैन। एन्टिबायोटिकको प्रयोग मुख्य गरी ब्याक्टेरियल इन्फेक्सनमा हुनुपर्छ। यसलाई प्रेसकिप्सन ड्रग भन्ने गरिन्छ।

नेपालमा धेरै ठाउँमा चिकित्सकसँगको सहज पहुँच नभएकाले पनि थाहा नपाई धेरैले एन्टिबायोटिक प्रयोग गर्ने गर्दछन्। कति ठाउँमा एन्टिबायोटिकको ‘सबसिटी’ हुनुपर्नेमा कति ठाउँमा उपलब्ध पनि हुँदैन। एन्टिबायोटिक नेपाल मेडिकल काउन्सिल र चिकित्सकले मात्र प्रेस्क्राइब गर्न पाउँछन्। तर एन्टिबायोटिकको प्रयोग चिकित्सकले प्रेसकिप्सन बिना पनि भइरहेको छ। यो राम्रो होइन।

पेनकिलर एनाथेलिक एन्टिबायोटिकको साइड इफेक्ट लामो समय राम्रै हुन्छ। पहिले ग्यास्ट्रिक हुने हुन्छ भने लामो समय गलत प्रयोग गर्नाले लिबर, किड्नीमा असर गर्ने र किड्नी ड्यामेज गर्ने जस्ता असर पार्नसक्छ। त्यसैले एन्टिबायोटिक लामो समय प्रयोग गर्नु हुँदैन।

 

एन्टिबायोटिकको दुरुपयोग घटाएमा ब्याक्टेरियाको प्रतिरोध विकास हुने दर घट्नुका साथै अनावश्यक खर्च र औषधिका साइड इफेक्टका कारण हुने सामान्य वा गम्भीर किसिमका हानीबाट समेत जोगिन सकिन्छ । एन्टिबायोटिकको प्रयोग कति गर्ने र कति खुवाउने भन्ने कुरा स्टान्डर्ड ट्रिटमेन्ट गाइडलाइन अनुसार फरक हुने गर्छ।

कुनै एन्टिबायोटिक तीन दिन, कुनै पाँच दिन र कुनै सात दिन खानुपर्छ। यस्तै कुनै दिनमा १ पटक, कुनै दिनमा २ पटक, कुनै दिनमा तीन पटक खाने हुन्छ। यसमा चिकित्सकको सल्लाहबमोजिम वा गाइडलाइनको प्रयोग गरेर खानु अनिवार्य हुन्छ।

जुनै पनि एन्टिबायोटिक भनेको डिप्रेसन ड्रग हो। यो चिकित्सकको सल्लाह बिना प्रयोग गर्नु हुँदैन। एक जनाले खाएको एन्टिबायोटिक अर्कोलाई नमिल्न सक्छ। एन्टिबायोटिक खान थालेपछि बिचमा छोड्यो भने स्वास्थ्यमा जोखिम हुने भएकाले चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ।

एन्टिबायोटिक रेजिस्टयान्सको प्रिभेन्सन स्ट्राटेजीमा नेपाल सरकारले बनाएको नेशनल एक्सन प्लानमा रहेर गर्ने हो। यसमा दुईदेखि तीन वटा पक्षलाई जोड दिइएको छ। एउटा नियमनकारी पक्ष सरकारको कार्यान्वयन पक्ष। अर्को प्राविधिक पक्ष र पब्लिक एस्पेक्टलाई लिएको छ।

सरकारले एन्टिबायोटिक गलत रुपमा प्रयोग र प्रोत्साहन गर्नु भएन। एन्टिबायोटिक रेजिस्टयान्सको परिणामलाई स्कुलहरुको एजुकेसन सिस्टममा पनि राख्नुपर्छ। एन्टिबायोटिक रेजिस्टयान्स्नको मानिस आफैँ सचेत भएर चिकित्सकको सल्लाहमा मात्र खाने वातावरण बनाउनुपर्छ। चिकित्सकको सल्लाह बमोजिम एन्टिबायोटिक खाने र आफै जथाभावी एन्टिबायोटिक किनेर नखाने। बिरामीले पनि बिना जाँच गराइ चिकित्सलाई एन्टिबायोटिक माग्नु हुँदैन।

विज्ञहरुसँग गरिएको कुराकानीमा आधारित 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button