यस्ता छन् जमराको जुस सेवनका फाइदा

दसैँमा टीका र जमराको आफ्नै धार्मिक मान्यता छ। तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ। शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ। त्यसैले पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ।
जमराको जुस सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ। यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनले पुष्टि गरेका छन्।
जमराको जुस सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकालाई ज्यादै फाइदा पुग्छ। यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनहरूले पुष्टि गरेका छन्।
जमराको महत्त्वको बारेमा धेरै अनुसन्धान भएको छ। यसको राम्रो गुणहरू र स्वास्थ्यमा फाइदा हुने कुराहरू पत्ता लगाइएको छ। यो स्वास्थ्य रक्षाको लागि खाना सकिन्छ यसका साथै रोग लागेका मान्छेहरूले पनि अरु औषधिसँग सँगै खान मिल्छ।
यसले मिर्गौला तथा कलेजो सफा गर्दछ। चाहिने भन्दा बढी खायो भने त असर गर्दछ। त्यसमा पनि जमरा दुई दिनमा नै उमार्न विषादी प्रयोग गरेको छ भने असर गर्दछ। तर राम्ररी उमारेको जमराले कुनै असर गर्दैन। जमराको झोल सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकालाई ज्यादै फाइदा पुग्छ।
जमराको जुस खाँदा जमरालाई सुपर फुटको रूपमा लिइन्छ। यसमा हाई भिटामिन ए, बी, डी र के हुन्छ। आइरन क्याल्सियम र प्रोटिन पनि पाइन्छ। क्लोरोफिल हुन्छ। जसले क्यान्सरसँग लड्न सहयोग पुर्याउछ। मुटुको समस्या नसा सम्बन्धी रोगहरूमा पनि धेरै फाइदाजनक छ। यसले कोलेस्ट्रोलको मात्र पनि घटाउँछ। बिहान र बेलुका खाली पेटमा खाँदा क्यान्सरलाई धेरै फाइदा गरेको छ।
शरीरको आन्तरिक शुद्धिकरण गर्दछ। जमरामा शरीरलाई आवश्यक खनीज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्त्व प्रशस्त मात्रामा पाइन्छ। शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ।
यो बिहान खाली पेटमा खाँदा राम्रो हुने अनुसन्धान भएको छ। जमराको फ्रेस जुसहरू डोज मिलाएर खाने गर्नुपर्छ। यो जुस १२० एमएल खानु पर्दछ। त्यो भन्दा धेरै खानु राम्रो मानिँदैन। पातलो जिउको हुनुहुन्छ भने ३० एमएलबाट खाँदै जान सकिन्छ। कतिलाई यो खाँदा डायरिया र अपच हुने भएको छ। त्यसैले थोरै थोरै गरेर खान सुरु गर्नुपर्छ।
जमरा जहिले पनि फ्रेस खानु राम्रो हुन्छ। शनिबारदेखि शुक्रबारसम्म छुट्टाछुट्टै रोप्ने त्यसो हुँदा एउटा काटेर खाने र अर्को खाने त्यसपछि ६ दिन पछि पहिला काटेको ठाउँको खाँदा राम्रो हुन्छ। जौ को जमरा खाँदा राम्रो हुन्छ।
जमराको जुस गर्भवती महिला, बच्चालाई दूध खुवाउनेहरूले खानु हुँदैन। र कसैलाई यो खाँदा एलर्जी हुने हुन्छ त्यसो भयो भने पनि रोक्नु पर्दछ।



