बच्चालाई पर्याप्त स्तनपान नगराउँदा क्यान्सरको जोखिम

पछिल्लो समय आधुनिक र अप्राकृतिक जीवनशैली, खानपान वातावरणीय प्रदूषण एवं विविध रसायनका कारण विश्वका वयस्क महिला मात्रै नभएर यौवना अवस्थाका किशोरीसमेत स्तन क्यान्सरको सिकार हुन थालेका छन्।
महिलामा हुने क्यान्सर रोगमध्ये पहिलो पाठेघरको मुखको क्यान्सर हो। दोस्रो स्तन क्यान्सर हो। स्तन क्यान्सर भएपछि विशेषज्ञ चिकित्सक कहाँ बिरामी ढिला गरेर पुग्नु नै त्यो स्थिति सिर्जना हुनुको प्रमुख कारण हो।
स्तन क्यान्सर भनेको महिलामा सबै भन्दा धेरै देखा पर्ने क्यान्सरमध्ये दोस्रो क्यान्सर मानिन्छ। स्तन क्यान्सरको कारणले धेरैको मृत्यु भएको पनि छ।
विशेषगरी स्तन क्यान्सर हुने कारणमा यौन सम्पर्क, पारिवारिक सदस्यमा भएको उतारचढाव, महिनावारी समय भन्दा छिटो हुने र समय भन्दा धेरै छिटो सुक्छ। जो महिलाको बच्चा हुँदैन, यस्तो महिलामा बढी हुनसक्छ।
मोटोपना, आधुनिक जीवनशैली, धूम्रपान, बाहिरी खाना, व्यायामको कमी हुने महिलामा क्यान्सरको सम्भावना बढी हुन्छ। त्यसैगरी करियर भनेर महिलाले ३५ वर्षदेखि ४५ भन्दापछि पहिलो बच्चा जन्माएको छ भने स्तन क्यान्सर हुनसक्छ।
बच्चालाई पर्याप्त स्तनपान नगराउँदा र जथाभावी औषधि खाने, पिल्स जथाभावी प्रयोग गर्दा पनि स्तन क्यान्सर हुन्छ। स्तन क्यान्सर भयो भन्दैमा आत्तिनु हुँदैन। सुरुमा नै उपचार गराउन सके राम्रो परिणाम मिल्छ।
सुरुमा स्तन क्यान्सरको कुनै लक्षण हुँदैन। त्यसैले यो जसलाई पनि हुनसक्छ। विस्तारै बढ्दै जाँदा स्तनमा गिर्खा हुनु यसको संकेत हो। गिर्खा कडा हुनु, स्तन वा स्तनको मुन्टोको आकार–प्रकार परिवर्तन भएमा सचेत हुनुपर्छ।
स्तनको मुन्टोबाट रगत आउनु, स्तनको छालाको रङ परिवर्तन हुनु, स्तनमा कडा गिर्खा फेला परेमा यसको लक्षण मानिन्छ। लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिनु, महिनावारीमा धेरै रगत बग्नु, लामो समयसम्म घाँटी दुखे लगायतका लक्षण देखिए भने तुरुन्तै अस्पतालमा गए जाँच गर्नुपर्छ।
यदि कसैको स्तन रातो हुँदै गयो भने यो छालाको समस्या भन्नुहुन्छ। त्यस्तो हुँदा एक पटक आफ्नो स्तनको जाँच गराउनु पर्दछ। लक्षण छैन भने पनि स्तन क्यान्सरको बारेमा हामीले आफ्नो स्तन सामान्य छ कि छैन भनेर आफू महिनावारी भएको ५ देखि ७ दिनमा आफ्नो स्तनको जाँच गर्न सक्छौँ।
जसमा दायाँ स्तन छ भने बायाँ हातले जाँच गर्ने। बायाँ स्तन छ भने दायाँ हातले जाँच गर्न सकिन्छ। १९ वर्ष भन्दा माथिको महिलाले सामान्य एउटा हातलाई टाउको पछाडि राख्ने र फिल गर्दै थिच्दै जानु पर्दछ ।
बायाँ हातले दायाँ हातको काखीको पनि जाँच गर्न सकिन्छ। त्यसो गर्दा गिर्खा भएको नभएको थाहा हुन्छ। धेरै महिलालाई महिनावारी हुने बेला स्तन दुख्न थाल्छ। महिनावारी भएपछि दुखाई कम हुन्छ। सजिलै जाँच गर्न सकिन्छ।
अन्तिम अवस्था भनेको ठुलो गिर्खा भएर दुर्गन्ध पनि हुनसक्छ। दुर्गन्ध आउने हुँदा हामीले ट्वाइलेट मार्स सेप्टी गर्छौँ। यसको सर्जरी गरिन्छ, किमो थेरापी, रेडियो थेरापी, हर्मोनल थेरापी, इम्युनोथेरापी विधिले हामीले यसको केयर गर्न सक्छौँ।
स्तन क्यान्सर सबैमा हुनसक्छ। यो पुरुषमा पनि हुनसक्छ। त्यसैले पुरुषले पनि जाँच गर्नु पर्दछ। यसको लागि पहिला नै हामी सचेत हुनआवश्यक छ। धूम्रपान गर्नु हुँदैन। जीवनमा पैसा मात्र ठुलो कुरा होइन। घरको खाना खाने, बाहिरको नखाने, योगा गर्ने, चिन्ता कम गर्ने, व्यायाम गर्ने, महिलाले आफ्नो स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ।
अनावश्यक रूपमा पिल्स खानु हुँदैन। क्यान्सर हुने बित्तिकै मर्ने होइन, क्यान्सर फाले पनि त्यसलाई नयाँ गर्न सक्छौँ। फाल्नुपर्छ भनेर डराएर बस्नु हुँदैन। नेपाल सरकारले पनि हरेक अस्पतालमा क्यान्सरको लागि १ लाखसम्मको प्रावधान दिएको छ। कुनै पनि गिर्खा क्यान्सर हुँदैन, कुनै युवा मान्छे छ भने ८० प्रतिशत गिर्खा क्यान्सर हुँदैन। त्यसैले समयमा नै जाँच गर्नुपर्छ।



