No Image Headlineस्वास्थ्य/जिवनशैली

सास गन्हाउने समस्या किन हुन्छ, रोकथाम कसरी ?

दाँत र मुखको स्वास्थ्यमा ध्यान दिइएन भने सास गन्हाउने समस्या सुरु हुन्छन्। सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुनसक्छ।

सामान्य मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख गन्हाउने समस्या हुनसक्छ। सास गन्हाउने समस्यालाई हामीले रोग भन्ने गर्छौ। नाकबाट वा मुखबाट कोही छेउछाउमा बस्ने मानिसलाई अप्ठेरो पार्ने गरी गन्ध आउँछ भने त्यसलाई श्वास गन्हाउने समस्या भएको भनिन्छ।

सम्बन्धित व्यक्ति जसको सास गन्हाउँछ, उहाँहरू मध्ये कसैले आफै थाहा पाउनु हुन्न। कसैले जानकारी पाएर पनि थाहा नभएको जस्तो गर्नुहुन्छ भने कोही जानकारी पाएर धेरै चिन्तित भएको पाइन्छ। हामीले यस्ता तीन किसिमका बिरामी पाउने गर्छौ।

सास गन्हाउने कारण के हो ?

सास धेरै कारणले गन्हाउन सक्छ। जसको सुँघ्ने नशामा केही समस्या छ भने वा वृद्ध अवस्थामा यस्तो समस्या देखिन्छ। तर, वास्तविक रूपमा त्यो सास गन्हाउने समस्या होइन। उहाँहरूको उमेर र नशाको कारणले आफ्नो श्वासबाट गन्ध आएको जस्तो हुन्छ।

मद्यपान, धूम्रपान सेवन गर्ने, दाँत निकाल्ने र राख्ने गरेमा पनि यो समस्या हुन्छ। दाँत लगाएर खाना खाने, खाना खाएर दाँत सफा नगर्ने, व्रत बसेको बेलामा र तारेको भुटेका खाना खाँदा पनि सास गन्हाउँछ। यस्तो अवस्थालाई सामान्य मानिन्छ।

अन्य शरीरसँग सम्बन्धित कारणले वा शरीरका विभिन्न अगंमा लागेको रोगको औषधि खाइरहनेमा औषधिको साइड इफेक्टको कारणले पनि सासमा गन्ध आउँछ। कसैमा र्याल आउने ग्रन्थीमा समस्या देखिँदा, क्यान्सरको उपचार गर्दा थुक कम निस्कने अवस्था आउँछ।

थुक कम निस्कँदा सास गन्हाउने समस्या आउँछ। यो अवस्थालाई सामान्य मान्नु हुँदैन। त्यसैले आफ्नो के कारणले श्वास गन्हाएको भनेर समयमा नै रोग पत्ता लगाएर उपचार गरियो भने यो समस्या हराएर जान्छ।

यदि कसैले एक मिनेट नाक मुख छोपेर राखेपछि नाक खोल्दा गन्ध आएको छ भने त्यो शरीरसँग सम्बन्धी कारणले हुनसक्छ। अरूलाई पनि सास गन्हाएको महसुस हुन्छ भने शरीरसँग सम्बन्धित कारण हो भनेर बुझ्नु पर्दछ।

तर, मुखबाट मात्र गन्ध आयो भने त्यो दाँत तथा मुख सम्बन्धित कारणले हुन्छ। शरीरमा कुनै रोग छैन। तर, सास गन्हाएको आफैलाई थाहा हुन्छ भने सुँघ्ने नशामा समस्या भएको हो या धेरै उमेर भएको व्यक्ति हो भनेर छुट्टाउनुपर्छ।

कुनै व्यक्तिले श्वास गन्हाउने समस्या हुँदाहुँदै पनि लापरबाही गर्छ भने जुन अंगको रोगको कारणले श्वास गन्हाएको हो त्यो अंग नै गुमाउनु पर्ने पनि हुनसक्छ। दाँत किराले खाएको छ भने त्यो ठाउँमा खाना अड्किएर बस्छ, त्यही खाना कुहिएर सास गन्हाउने समस्या हुन्छ।

दाँत किराले खाने समस्याको लापरबाही गरियो भने यही समस्याले गिजा सुनिने, गाला सुन्निने र दाँत नै झर्नेसमेत हुनसक्छ। साथै सेलोलाइटिस, साइनोसाइटिस, क्याबलोथसाइलस थ्रमबसिस भएर त्यहाँ भएको पिप र इन्फेक्सन दिमागसम्म पुग्ने हुन्छ।

कसैको दुवै तिरको दाँत किराले खाएको छ भने दुवै तिरबाट पिप जम्मा भएर थिच्दै जान्छ। श्वास फेर्ने नली नै बन्द हुन्छ। यसरी श्वास बन्द भयो भने त मान्छेको मृत्युसमेत हुन्छ।

विभिन्न अनुसन्धानले जिन्जाबाइटिस, हर्सा भएका मानिसमा सुगर हुने, हड्डी कमजोर हुने, मुटु सम्बन्धी रोग, श्वासप्रश्वास सम्बन्धी रोग हुने गरेका छन्। दाँत तथा मुखको समस्याले पनि शरीरमा समस्या निम्त्याउँछ। शरीरमा कुनै रोग छ है भनेर सूचना दिन सास गन्हाउने समस्या भएको हुनसक्छ। त्यसैले समयमा नै उपचार गर्नुपर्छ।

कस्तो सावधानी अपनाउने ?

दाँत तथा मुखकै कारणले ९० प्रतिशत श्वास गनाउने समस्या हुन्छ। दाँत तथा मुखमा अड्किएका फोहोरलाई सही रूपमा सफा गर्न सकियो भने दाँत तथा मुखमा लाग्ने ९० प्रतिशत रोगलाई रोक्न सकिन्छ।

त्यसैले खाना खाइसकेपछि समय समयमा कुल्ला गर्नुपर्छ। अति गुलियो अमिलो, साह्रो, चिसो, तातो खानेकुरा धेरै खानु हुँदैन। धूम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ। प्रर्याप्त मात्रामा पानी पिउने, हरियो सागसब्जी, रेसादार खानेकुरा, दुग्धजन्य खानेकुरा खाँदा यस्तो समस्याबाट बच्न सकिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button