No Image Headlineस्वास्थ्य/जिवनशैली

के हो नशा च्यापिने समस्या, उपचार विधि के छ ?

पछिल्लो समय नशा च्यापिनु र हातखुट्टा झमझमाउनु, पोल्नु, निदाउनु अनुभूतिसँग जोडिएको कुरा हो।

बाहिरबाट केही नदेखिने तर भित्री रूपमा यो समस्या धेरै मानिसमा हुन्छ। यो प्राय नशाको कारणले हुन्छ। सामान्यतया इन्डोक्राइनल (हर्मोनको गढबढीं), हाइपरथाइराडिज्मका कारण यस्तो हुने गर्छ।

नशा च्यापिनु भनेको कस्तो समस्या हो ?
हाम्रो शरीरको मेरुदण्डमा अनेकौँ हड्डीहरू हुन्छन्। ती प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ। उक्त डिस्क एक प्रकारको तरल नौनी घिउ जस्तै हुन्छ।

कसैलाई दुर्घटनाका कारण, हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुई वटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ। जसलाई हामी सामान्य भाषामा नसा च्यापिएको भन्ने गर्छौँ।

हातखुट्टा किन झम्झमाउँछ ?
सामान्यतया हातखुट्टा झम्झमाउने इन्डोक्राइनल (हर्मोनको गढबढी), हाइपरथाइराडिज्मको कारण हुने गर्छ। यसका साथै शरीरमा भिटामिनको कमीका कारण पनि हातखुट्टा झमझमाउने हुनसक्छ। शरीरमा रक्तसञ्चार सामान्य नहुँदा पनि हातखुट्टा झमझमाउन सक्छ।

थाइराइड, हातखुट्टामा झुकेर काम गर्दा नसा च्यापिनु, मिर्गौला, मधुमेहका बिरामीमा पनि लक्षणको रूपमा हातखुट्टा झमझमाउन सक्छ। पैताला पोल्नु, झमझम गर्नु, निदाउनु नशाको कारणले हुनेगर्छ।

नशाको सिस्टममा केन्द्रीय स्नायुतन्त्र अन्तर्गत सबै भन्दामाथि मस्तिष्कसँगै मेरुदण्ड जोडिएको छ। मेरुदण्डबाट निस्किएको स्नायु हाम्रो शरीर भरिनै फैलिएको हुन्छ। स्नायुको काम भनेको छालाबाट भित्री अंगबाट अनुभूतिलाई मस्तिष्कसम्म पु¥याउनु हो।

अनुभूति दिने नशामा समस्या आयो भने विभिन्न प्रकारका लक्षण देखिने गर्छन्। शक्ति दिने नशामा समस्या भयो भने झमझम गर्ने, दुख्ने, पोल्ने समस्या हुन्छ।

हात खुट्टा झमझमाएको कुन वा कस्तो अवस्थामा चाहिँ अस्पतालमा जाने त ?
यो समस्या कहिलेकाही मात्र देखिनु सामान्य हो। यो सबैलाई हुनसक्छ। तर बारम्बार भइरहने, शरीर कमजोर भएको महसुस हुने, हातखुट्टा सुन्निने र दैनिक जीवनमै प्रभाव पारेको जस्तो भयो भने तुरुन्तै परीक्षण गराउनुपर्छ। किनकी यो अन्य रोगको लक्षण पनि हुनसक्छ।

नशा के कारणले खराब हुन्छ ?
जन्मिने बेला कहिलेकाहीँ बच्चा उल्टो भयो वा बच्चा अड्कियो भने त्यसलाई तानेर निकाल्दा नशा तन्किने, चुँडिने हुनसक्छ। धेरै रक्सी खाने, पेट्रोलियम पदार्थमा काम गर्ने व्यक्तिमा पनि यो समस्या हुन्छ।

हाम्रो शरीरमा भएका रोग जस्तै सुगर, थाइराइड ,मोटोपना, प्रेगेनेन्ट, बाथ छ भने नशा खराब हुन्छ। चोटपटक लागेर, तन्केर, पोलेर नशा खराब भएको हो भने शरीरमा अन्य रोग छन् कि भन्ने बुझ्नुपर्छ।

नशामा कस्ता कस्ता समस्या आउँछन् ?
विशेष गरी नशामा दुई प्रकारको समस्या आउँछ। नशामा देखिने समस्या मध्ये एक मोनोन्युरोप्याथी हो। यसमा हातको नाडीमा समस्या हुने, खुट्टाको गोलीगाँठामा समस्या हुने हुन्छ। कसैको हातको कान्छी औँलाको भागमा पोल्ने, झमझमाउने र दुख्ने हुन्छ।

यस्तै अर्को, पोलिन्युरोप्याथीमा एकै पटक दुई वटै खुट्टा पैतालाबाट पोल्न सुरु भएर गोडादेखि हातसम्म पुग्छ। सुगरको समस्या छ भने यो समस्या बढ्दै गएपछि पुरै शरीरमा फैलिनसक्छ। नेपालमा मोनोन्युरोप्याथी र पोलिन्युरोप्याथी दुवै समस्या उत्तिकै मात्रामा देखिने गरेको छ।

यस्तो समस्या भए उपचार विधि के छ ?
उपचारको लागि पहिला त के भएको हो आफूलाई भनेर रोग पत्ता लगाउनु पर्छ। जस्तो : शरीरमा भिटामिन बी १, बी ६ र १२ को कमीले पनि नशाको समस्या हुनेगर्छ। कारण पत्ता लगाएर उपचार गरियो भने समस्या निर्मूल पार्न सकिन्छ।

यो समस्याको समयमै कारण पत्ता लगाएर छिटो उपचार गरियो भने ठिक हुन्छ। सुगर, प्रेसर, थाइराइड हो या धेरै मदिरा सेवन गरेर यस्तो समस्या देखिएको हो भने पत्ता लगाएर उपचार गरियो भने पनि निको पार्न सकिन्छ।

घरमा आफै ठिक हुन्छ भनेर बस्नु हुँदैन, समयमा चिकित्सकको सल्लाह लिनुपर्छ। हातखुट्टा पोल्ने, झमझम गर्ने भएको छ भने नशा खराब भएको छ छैन भनेर परीक्षण गरिन्छ।

नशामा कुनै पनि समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
यसका लागि मदिरा सेवन नगर्ने, मोटोपना हुन नदिने, ब्यालेन्स डाइटमा ध्यान दिने गर्नुपर्छ। समय समयमा सुगर, प्रेसर, थाइराइडको जाँच गर्ने गरियो भने समस्याबाट बच्न सकिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button