No Image Headlineस्वास्थ्य/जिवनशैली

गर्मी मौसममा मौसममा खानपानका सावधानी : के खाने, के नखाने ?

केही दिनदेखि लगातार पानी परिरहेको छ। गर्मी र वर्षा भइरहेको समयमा हामीलाई अरु समयमा भन्दा रोगले बढी सताउँछ।

यो मौसममा चर्को गर्मीले पसिना आउने, दादुराको समस्या, डिहाइड्रेसनको समस्या, अल्छीपन, आलश्यता र भोक नलाग्ने अपचको समस्या धेरै देखिन्छ।

साथै वर्षा याममा धेरै जसो मानिसमा रुघाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले सताउने चिकित्सक बताउँछन्। त्यसैले यो मौसममा हामीले खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको भनाइ छ।

वर्षा याममा धेरै वर्षा भइरहँदा पानीका मुहान फोहोर पर्नसक्ने सम्भावना उच्च रहने भएकोले सफा र उमालेको पानी खानुपर्छ।

यो मौसममा सकेसम्म ताजा खानेकुरा खानुपर्छ, बासी खानेकुराबाट टाढै रहनुपर्छ। रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन, मिनरल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ। बासी खानेकुराबाट आँउ, हैजा झाडापखाला लगायतका रोगको जोखिम उच्च रहन्छ। यो मौसममा ताजा र सफा गरेर राम्ररी पकाएका खाने कुरा खानुपर्छ।

वर्षा याममा खानुहोस् यस्ता खानेकुरा ?

– रोग प्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन युक्त खाना खानुपर्छ।
– वर्षातको समयमा भिटामिन, मिनरल्स प्रशस्त मात्रामा पाइने तरकारीको सेवन गर्नुपर्छ जस्तो हरियो सागपात, फर्सीको मुन्टा, काउली, केराउ, गोलभेडा, बोडी, पाकेको फर्सी, खानु अत्यन्तै राम्रो मानिन्छ।
– हलुका र सजिलै पच्ने खालका खानेकुरा खानुपर्छ। मांसाहारी भन्दा शाकाहारी खाना खानु अधिक राम्रो मानिन्छ। जसले शरीरको तापक्रम सन्तुलन राख्छ।
– यो समयमा पाचन प्रणालीलाई मजबुत बनाउने खाना खानुपर्छ। जस्तो दही र मोही खान सकिन्छ।

– यो मौसममा मसलेदार खानेकुरालाई कम गर्नुपर्छ। किनकी बढी मसला खाँदा शरीरको तापक्रम र रक्तसञ्चार बढ्न सक्छ।
– बर्खायाममा शरीरलाई शीतलता प्रदान गर्ने सागसब्जी, सलाद र मौसमी फलफूल खानु अधिक लाभदायक हुन्छ।
– गेँडागुडी, च्याउ, मासुजस्ता खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ।
– बजारमा राखेका वा बोतलमा लामो समय बन्द गरिएका पेय पदार्थ खानु हुँदैन। फलफूलको जुस भन्दा पनि राम्ररी पखालेका फ्रेस फलफूल खानु राम्रो हुन्छ।
– फाइबरयुक्त खाना खानुपर्छ।
– पानी प्रशस्त मात्रामा पिउने। सफा ठाउँको फिल्टर गरेको र उमालेको पानी खानुपर्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button