No Image Headlineदेशमुख्य खबर

नेपाल-भारत सीमा विवाद : के हो समाधानको नयाँ विकल्प ?

Thrill Factory
Rungta Group

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नेपाललाई बाङ्ग्लादेशसम्मको सीधा सडकसम्बन्धी कुनै व्यवस्थापन वा अन्य विकल्पहरूको प्रयोग गरेर सीमा विवाद समाधान गर्न सकिने बताएका छन्।

नेपाल भारतबीचको तिक्ततापूर्ण सीमा विवाद हल गर्ने सम्बन्धमा विभिन्न विकल्पबारे सोच्ने कामको सुरुवात भएको र त्यसमध्ये एउटा विकल्प बाङ्ग्लादेशसँगको सीधा सडक मार्ग व्यवस्थापन पनि भएको उनको भनाइ छ।

तर उनले उक्त विकल्पको स्पष्ट व्याख्या भने गरेनन्। नेपालको पूर्वी नाका काकरभिट्टाबाट बाङ्ग्लादेशको बाङ्ग्लाबन्ध प्रवेश विन्दु करिब ४० किलोमिटर दुरीमा पर्छ।

एउटा हो बङ्ग्लादेश मोडल। बाङ्ग्लादेश र भारतबीच पनि धेरै वर्षदेखिको समस्या थियो तर उनीहरूले हल गरे, दिल्लीमा नेपाली पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले भने। बाङ्ग्लादेश र भारतबीच सन् २०१५ मा आफूलाई पायक पर्ने क्षेत्रमा पर्ने जमिन साटफेर गरेर सीमा समस्या समाधानको सहमति भएको थियो।

अर्को चाहिँ बाङ्ग्लादेशसँग सिधै जाने बाटो हामीलाई चाहिएको छ भन्ने नेपालमा उहिले देखिको उठिरहेको आवाज पनि हो। हामीलाई चाहिएको कुरा पनि हो। आवश्यकता पनि हो, चाहना पनि हो, त्यस बाहेकका अरू विकल्पबाट पनि सीमा समस्या हल हुनसक्ने प्रचण्डको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले बिहीवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा सीमा समस्या समाधान बारे बोल्नु पनि निकै महत्त्वपूर्ण भएको बताएका छन्। मोदीले सीमा समस्या समाधान गरिने बताएका थिए।

“हामी हाम्रो सम्बन्धलाई हिमालय जत्तिकै उचाइ दिने काम गर्नेछौँ। यही भावनाका साथ हामी सबै मुद्दाको चाहे सीमाको वा अरू केही विषय सबैको समाधान गर्नेछौँ, संयुक्त पत्रकार सम्मेलनमा मोदीले भनेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button