अन्तराष्ट्रिय

अफगानिस्तानमा पठाएका सहायताको दुरुपयोग

Thrill Factory
Rungta Group

फगानिस्तानमा पठाइएको अमेरिकी सहायताको तालिबानबाट दुरुपयोग गरिरहेको भन्दै अमेरिकाका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडलाई लेखेको पत्रमा अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभको विदेश नीति समितिका अध्यक्ष माइकल मकौलले चिन्ता व्यक्त गरेका हुन् ।

पत्रमा उनले युएसएडजस्ता अमेरिकी संस्थाले पठाएका मानवीय सहायताको दुरुपयोग भइरहेको बताउँदै आम अफगान जनतामाझ ती सहायता पुग्न नसकेको उल्लेख गरेका छन् ।

हाउस अफ रिप्रजेन्टेटिभका अन्य केही सदस्यले समेत हस्ताक्षर गरेको उक्त पत्रमा अफगानिस्तानमा मानवीय संकट रहेको सत्य भएको र तालिबानलाई भन्दा अफगान जनतालाई पुग्नेगरी सहायता उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

यता तालिबान प्रशासनले भने सहायताको दुरुपयोग भइरहेको आरोपको खण्डन गरेको छ । तालिबान प्रशासनअन्तर्गतको अफगान अर्थ मन्त्रालयका उपमन्त्री अब्दुल लतिफ नजारीले आफूले प्राप्त गरेका सहायतालाई पारदर्शी रुपमा वितरण गर्दै आएको स्पष्ट पारेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button