अन्तराष्ट्रिययस्तो पनि

सन्तान जन्माउन ऊँट चढेर सात घन्टा लामो यात्रा

Thrill Factory
Rungta Group

मोनालाई सुत्केरी व्यथा लाग्दा एउटा ऊँट उनको जीवन रक्षक बन्यो। चट्टानी पहाडको टुप्पोमा अवस्थित उनको घरबाट अस्पतालसम्मको दूरी ४० किलोमिटर छ।

त्यो बाटो यात्रा गर्न चार घण्टा लाग्ने उनले ठानेकी थिइन्। तर सडक सहज थिएन। त्यसमाथि प्रसव वेदना र खराब मौसमका कारण त्यो बाटो पार गर्न सात घण्टा लाग्यो।

ऊँटले चालेको हरेक पाइलासँगै म शारीरिक रूपमा निकै गलिसकेकी थिएँ, १९ वर्षीया उनले सुनाइन्। जब ऊँट थप अघि बढ्न सकेन तब मोना तल ओर्लिन् र आफ्नो श्रीमान्‌सँगै पैदल यात्रा गर्ने साहस जुटाइन्।

उत्तरपश्चिम यमनको महवीत प्रान्तमा रहेको बनी साद अस्पताल हजारौँ महिलाका लागि सञ्चालनमा रहेको त्यस क्षेत्रको एक मात्र स्वास्थ्य केन्द्र हो।

अलमाकरा गाउँमा रहेको मोनाको घरदेखि उक्त स्वास्थ्य केन्द्रसम्म पुग्न कहाली लाग्दा पहाडहरू हुँदै ऊँटमा वा पैदल यात्रा गर्नुपर्ने हुन्छ। आफू सवार ऊँटलाई बेसरी समात्दा मोना आफू र आफ्नो गर्भमा रहेको बच्चाको सुरक्षाबारे चिन्तित थिइन्।

सडक चट्टानी थियो, उनले शारीरिक र मानसिक रूपमा थकानपूर्ण यात्रा सम्झँदै भनिन्। मैले धेरै पटक आफूलाई त्यस परिस्थितिबाट बाहिर निकाल्न र मेरो बच्चालाई बचाउन ईश्वरसँग प्रार्थना गरेँ। म त्यो पीडाबाट निस्कन चाहन्थेँ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button