No Image Headlineस्वास्थ्य/जिवनशैली

हाम्रो स्वास्थ्य : पत्थरीका लक्षण र जोगिने उपाय

पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या हुने गरेको छ। दैनिक खानेकुरामा ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुने गर्दछ।

माछा मासु लयागतका खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गएर पत्थरी हुने चिकित्सकको भनाइ छ। चिया कफीसँगै चिसो पेय पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा पत्थरी हुने गर्दछ।

पिसाबमा पानीको मात्रा कम हुँदा पनि पत्थरी देखिनसक्छ। कतिपय अवस्थामा जन्मजात पत्थरी हुन्छ। युरिक एसिड बढ्नाले पनि पत्थरी हुन्छ। हाम्रा केही गल्ती र लापरबाहीका कारण मिर्गौलामा समस्या उत्पन्न हुनसक्छ।

जस्तो अहिले मान्छेको धेरै बिजी लाइफ छ। आफ्नो स्वास्थ्यका लागि समय दिइएको पाइँदैन। धेरै हिँड्ने मानिसमा पानीको मात्रा कम भएको हुन्छ। जन्मजात बाबुमा स्टोन छ भने छोरामा र दाजुभाइमा पनि हुने हुन्छ। यो समस्या वंशाणुगत रुपमा देखिएको छ।

लक्षणहरु

यदि कसैको मिर्गौलामा पत्थरी छ भने उसलाई पत्थरी भएको ठाउँमा अत्याधिक दुखाईको महसुस हुने, पिसाब फेर्न असहज हुने, पिसाब लाग्ने तर नआउने, बारम्बार पिसाब फेर्न मन लाग्ने, पिसाब फेर्दा पोल्ने, नमिठो गन्धसहित पिसाब धमिलो आउने, कम्पनका साथ ज्वरो आउने, भोक नलाग्ने, छटपटी हुने, पिसाब रोक्न गाह्रो हुने, पिसाबमा रगतसमेत देखिनेलगायत लक्षण देखा पर्छन्।

पत्थरी हुनै नदिने उपाय

– पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन गर्ने।
– सन्तुलित आहारको व्यवस्था गर्ने।
– तौलको उचित नियन्त्रण गर्ने।
– समय–समयमा स्वास्थ्य जाँच गर्ने ।
– नुन धेरै नखाने।
– माछा मासु थोरै खाने।
– जङ फुडहरू धेरै नखाने।
– खानामा दही, सब्जी, सलाद प्रशस्त मात्रामा खाने।
– कागती पानी र सुन्तलाको जुस लाभदायक मानिन्छ।
– चिया, मदिरा, सोडा, कफीको सेवन नगर्ने।
– पत्थरी भएको मान्छेले दुई हप्तामा एक दिन जति उपवास गर्नु राम्रो हुन्छ।
– पत्थरी सानो भयो भने पानी खाएर पनि निकाल्न सकिन्छ। तर, यसलाई बेवास्ता गरियो भने सानो अप्रेसन हुन्छ। परिवारमा एक जनामा पत्थरी भयो भने त्यो घरको अरू मानिसले समय समयमा परीक्षण गर्नु पर्दछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button