No Image Headlineस्वास्थ्य/जिवनशैली

वायु प्रदूषण जनस्वास्थ्यको मुख्य जोखिम, यस्ता छन् बच्ने उपाय

Thrill Factory
Rungta Group

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्‌ले सन् २०१९ मा अध्ययन गरेर एक वर्षपछि सन् २०२० मा प्रकाशित गरेको एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ।

त्यसमध्ये पहिलो स्थानमा मुटु तथा रक्तनलीसम्बन्धी रोग र दोस्रोमा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग पर्छन्।

त्यो प्रतिवेदनमा भनिएको छ, हृदयरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग सीओपीडी र क्यान्सरजन्य रोगहरू पुरुष र महिला दुवैमा मृत्युका शीर्ष तीन प्रमुख कारण रहेका छन्। जनस्वास्थ्यविद्हरूका अनुसार श्वासप्रश्वाससम्बन्धी दीर्घरोगको मुख्य कारक वायु प्रदूषण हो।

पहिलो कारणका रूपमा आउने मुटुसम्बन्धी रोगका लागि पनि खानपान, जीवनशैलीका साथसाथै वायु प्रदूषणको भूमिका पनि व्यापक छ। अनि फोक्सोको क्यान्सरका लागि समेत वायु प्रदूषणले भूमिका खेल्छ।

त्यस हिसाबले नेपालमा हुने मृत्युको मुख्य कारण नै वायु प्रदूषण हो भन्न पनि सकिने तर्क केही विज्ञको छ। चिकित्सकहरूका भनाइमा दूषित वायुका कारण फोक्सोसम्बन्धी मात्र होइन अरू अनेकौँ स्वास्थ्य समस्याहरू निम्तिन सक्छन्।

श्वासप्रश्वास विशेषज्ञ डा अर्जुन कार्कीका भनाइमा प्रदूषित हावाका कारण क्यान्सर र मस्तिष्काघातजस्ता दीर्घरोग पनि लाग्न सक्छन्।

उनी भन्छन्, हामीलाई चाहिने मूलत : अक्सिजन हो । तर अक्सिजनसँगै हाम्रो फोक्सोमा प्रदूषित हावा जान्छ र त्यो बिस्तारै रगतमा पनि फैलिन्छ।

प्रदूषित हावा हामीले लिइराख्यौँ भने र हाम्रो शरीरमा पस्दै गयो भने क्यान्सर, हृदयाघात र पक्षाघातजस्ता रोगहरू पनि लाग्न सक्छन्।

प्रदूषित हावाबाट कसरी बच्ने ?

चिकित्सक तथा अधिकारीहरू यस्तो प्रदूषित हावाबाट बच्नका लागि सकेसम्म घरबाट बाहिर ननिस्कन र निस्किँदा पनि नियमित रूपमा मास्क लगाउन सुझाव दिन्छन्।

अधिकारी भन्छन्, प्रदूषण बढेका बेलामा हामीले विशेष ध्यान दिनुपर्छ र नियमित रूपमा मास्क लगाउने तथा चस्मा लगाउने गर्नुपर्छ।

डा. कार्की व्यक्ति आफूले सचेत हुनुका साथै राज्यले पनि यसलाई जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा लिनुपर्ने सुझाव दिन्छन्।

राज्यले सडकहरू मर्मतदेखि प्रदूषण धेरै गर्ने सवारीसाधनहरूलाई कारबाही गर्नेसम्मका काम गर्नुपर्छ, कार्की भन्छन्।

चिकित्सकहरू प्रदूषण बढेका बेलामा विशेषगरी बिहान र साँझका बेलामा घर बाहिर ननिस्किन र निस्किनु परे पनि मास्क अनिवार्य लगाउन सुझाव दिन्छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button