No Image Headlineस्वास्थ्य/जिवनशैली

यसरी जोगाउन सकिन्छ बालबालिकालाई मेनेन्जाइटिसबाट

Thrill Factory
Rungta Group

मस्तिष्कमा हुने एक प्रकारको इन्फेक्सनलाई नै मेनिन्जाइटिस भन्ने गरिन्छ। यो एकदमै खतरनाक रोग मानिन्छ। यसले गर्दा धेरै ज्वरो आउने र पछि गएर त्यसले ब्रेनमासमेत असर गर्ने गर्दछ।

मेनिन्जाइटिस एक पटक ब्रेन ड्यामेज गर्यो भने त्यसको उपचार गर्दा गर्दै पनि धेरै समस्या आउन सक्छन्। समयमा नै अस्पतालमा गयो भने उपचार सुरु हुन्छ।

अस्पतालमा हामीले बिरामीमा मेनिन्जाइटिसको खोप लगाउनुहोस् भनेर सुझाव दिन्छौँ। यो रोगलाई साधारण भाषामा ‘ब्रेन फिभर’ पनि भन्ने गरिन्छ।

बालबालिकामा यो रोग धेरै देखिन्छ। यो ब्याक्टेरियल मेनिन्जाइटिस कमजोर र इम्युनिटी कम भएको बच्चालाई धेरै हुने रोग हो। यो इन्फेक्सनको कारणले नै हुने हुन्छ।

कुनै कुनै बच्चालाई धेरै इन्फेक्सन देखा पर्दछ र यो समस्या देखिन्छ भने कुनै बच्चाले यसलाई सहजै पचाउँछन्। उनीहरूमा भने यो समस्या देखिँदैन। ठूला मान्छेमा जसको रोग प्रतिरोधात्मक शक्ति कम छ भने उनीहरूमा यो हुनसक्छ।

सामान्यतया अचानक धेरै टाउको दुख्ने, एकदमै टाउको दुखेर बान्ता पनि धेरै हुने, रिंगाटा लाग्ने हुन्छ। कसैलाई एकदमै ज्वरो आउने, गर्धन दुख्ने, घाँटी दह्रो हुने हुन्छ।

साथै समय बढ्दै जाँदा बिरामी बेहोस हुने, छारे रोग जस्तो लक्षण देखा पर्ने, प्यारालाइसिस् हुने, आँखा दुख्ने, कान नसुन्ने र अपाङ्ग हुने पनि हुनसक्छ।

यो एक प्रकारको गम्भीर रोग हो। यसको समयमा उपचार गरिएन भने बच्चाको मृत्यु पनि हुनसक्छ। बाँची हाले पनि पछि गएर बच्चा सुस्त मनस्थितिको हुने खतरा हुन्छ।

खुट्टा, हात नचल्ने, बोली नआउने र ठूलो मान्छेको प्यारालाइसिस जस्तो हुने हुन्छ। बहिरोपना हुने, बच्चाको तौल र हाइट दुवै नबढ्ने हुन्छ। जस्तो १० वर्षको बच्चा पनि दुई वर्षको जस्तो देखिने हुन्छ।

लुगाफाटामा बच्चालाई पाँच हजारको खर्च गर्नुभन्दा बच्चालाई खोप लगाउनु राम्रो हो। बच्चाको स्वास्थ्यलाई महत्वपूर्ण ठान्नुपर्छ। त्यसले उसको भविष्य राम्रो हुन्छ।

अस्पतालमा बिरामीको वान्ताबाट पानी निकालेर जाँच गरिन्छ। मेनिनजाइटिस भएपछि कफमा भएको पानीहरू ब्रेनमा गएर तल सर्कुलेट हुन्छ। त्यो पानीको जाँच गरिन्छ। त्यस जाँचबाट मेनेन्जाइटिस एन्फेक्सन देखपर्यो भने त्यो बच्चालाई कम्तीमा पनि २१ दिनसम्म यान्टिबायोटिक दिइन्छ।

कुनै मानिसमा एक पटक मेनिन्जाइटिस भयो भने त्यो दोहोरिने सम्भावना धेरै हदसम्म हुन्छ। या एक पटक मेनिन्जाइटिस भएको बच्चालाई पछि पनि दोहोरिन सक्छ।

मेनिन्जाइटिस भएपछि के कुरामा ध्यान दिने  ?
– बच्चामा इम्युनिटी पावर बढाउने खाना खुवाउने गर्नुपर्दछ। ठूलो मान्छेले पनि खानुपर्छ।
– मेनिन्जाइटिसको खोप बच्चालाई एक पटक जसरी भए पनि लगाउने। यो ९ महिनादेखि माथि सबैले लगाउन मिल्छ।
– रोग लाग्यो भनेर घरमा नबस्नु हुँदैन तुरुन्त अस्पतालमा गएर उपचार गराइहाल्नु पर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button