No Image Headlineअर्थमुख्य खबर

व्यापार नियन्त्रणसँगै ‘सेटिङ’ को कमाल : वीरगञ्ज भन्सारको राजस्व ६० प्रतिशतमा खुम्चियो

देशकै मुख्य भन्सार वीरगञ्जमा राजस्व असुली स्वात्तै घटेको छ ।

Patanjali Nepal
SweetMart Nepal

सरकारले लिएको व्यापार नियन्त्रणको नीतिमात्र होइन, अवैध तस्करी र भन्सार कर्मचारीको मिलेमतोमा हुने राजस्व चुहावटको असर देखिएको हो ।

देशकै मुख्य भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीनामा लक्ष्यको तुलनामा न्यून राजस्व उठाएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आवको साउनदेखि फागुनसम्ममा तोकिएको लक्ष्यको ६० प्रतिशतमात्रै राजस्व असुल गरेको हो ।

राजनीतिक अस्थिरता र चुनावको माहोलमा सीमावर्ती क्षेत्रमा मौलाएको अवैध आयात र मुख्य नाकाबाटै ‘सेटिङ’मा चलेको राजस्व चुहावटको धन्धाले पनि भन्सारको राजस्व प्रभावित भएको भन्सारका कर्मचारी बताउँछन् ।

वीरगञ्ज आयातनिर्यात कारोबार र राजस्वमा योगदानका आधारमा मुख्य मानिँदै आएको भन्सार नाका हो । यो नाकाबाट मुख्य रूपमा औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम र सवारीसाधन आयात हुन्छ । निकासीतर्फ प्रशोधित तेल, तयारी कपडा, जुस, धागोलगायत छन् ।

भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार वीरगञ्ज भन्सारले बितेका ८ महीनामा १ खर्ब १ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो भन्सारलाई चालू वर्षको ८ महीनाका लागि १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ उठाउने लक्ष्य भन्सार विभागले दिएको थियो ।

वर्षको शुरूदेखि नै आयातमा लिइएको कडाइको नीतिले समग्र व्यापार नै घटेकोले भन्सारले उठाउने राजस्वमा पनि असर देखिएको भन्सार अधिकारीहरूले बताउने गरेका छन् ।

वीरगञ्ज भन्सारलाई यो वर्ष २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको छ । चालू वर्षका कुनै पनि महीनामा भन्सारले राजस्व लक्ष्य प्राप्त गर्न नसकेको तथ्यांकले देखाउँछ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button