अन्तराष्ट्रिययस्तो पनि

विमानमा कर्मचारीलाई मुक्का हान्ने र थुक्ने यात्रुलाई सीटमा बाँधेर राखियो

Thrill Factory
Rungta Group

अबुधाबीबाट मुम्बईका लागि उडेको एउटा भारतीय विमानमा एक विदेशी यात्रुलाई विमानका कर्मचारीहरूले सीटमा बाँधेर राखेको विवरण सार्वजनिक भएको छ।

इटलीकी ती महिलाले चालकदलका “एक सदस्यलाई मुक्का हानेको र अर्का कर्मचारीलाई थुकेको” हुनाले त्यसो गरिएको बताइएको छ।

आरोपित महिला एअर विस्ताराको विमानमा चढेर भारत आएकी थिइन् । उनलाई सोमवार मुम्बईमा पक्राउ गरिएको थियो। पछि उनी धरौटीमा छुटिन्।

उनका वकिलले ती महिलाले कसैलाई पनि मुक्का नहानेको र नथुकेको दाबी गरेका छन्। ती यात्रुमाथि झुट्टा आरोप लगाइएको उनको दाबी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button