अन्तराष्ट्रिययस्तो पनि

किशोरीको आपत्तिजनक भिडियो भाइरल भएपछि पिताको हत्या

Thrill Factory
Rungta Group

भारतको पश्चिमी राज्य गुजरातमा प्रहरीले एक सैनिकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ।

मेलाजी वाघेलाले आफ्नी किशोरी छोरीको भिडिओ सामाजिक सञ्जाल राखेकोमा विरोध जनाएपछि उनीमाथि आक्रमण भएको प्रहरीसमक्ष गरिएको उजुरीमा उल्लेख छ।

भिडिओ अप्लोड गरिएपछि भाइरल भएको उजुरीमा उल्लेख गरिएको छ। आक्रमणको आरोप लागेकाहरू वाघेलाले आपत्तिजनक भिडिओ अप्लोड गरेको आरोप लगाएका एक किशोरको परिवारका सदस्य हुन्।

पीडित वाघेला भारतको सीमा सुरक्षा बल बीएसएफमा हवल्दार थिए। वाघेलाकी पत्नी मञ्जुलाले प्रहरीमा दिएको जाहेरीअनुसार शनिवार राति गुजरातको खेडा जिल्लामा आक्रमण भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button