No Image Headlineदेशमुख्य खबर

अपेक्षित जीत नआएपछि गठबन्धनबाट बाहिरिने मुडमा माओवादी, कांग्रेस इमानदार नभएको ठहर

Thrill Factory
Rungta Group

प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै नेकपा ‌माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणका लागि अग्रसरता लिएका छन्।

तर माओवादीका एक जना नेताले यही गठबन्धनमा माओवादी रहने वा नरहनेबारे पार्टीमा छलफलपछि मात्रै निर्णय हुने बताए।

भावी सरकारको नेतृत्वमा आफ्नो दाबी अघि सारेका प्रचण्डले शनिवार प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरेका थिए। छलफलमा देउवाले गठबन्धनको निरन्तरताका पक्षमा आफू रहेको बताए पनि प्रचण्डले “अन्तिम चुनावी परिणाम आएपछि मात्रै थप छलफल गर्ने” जवाफ दिएको उनका स्वकीय सचिव रमेश मल्लले बताए।

“प्रधानमन्त्री गठबन्धनकै निरन्तरताका पक्षमा लचिलो देखिनुभएको छ। हाम्रो अध्यक्षले अन्तिम परिणाम आएपछि थप छलफल गर्ने भन्नुभएको छ,” मल्लले भने।

प्रचण्ड संसद्‌मा सबैभन्दा ठूलो दल बन्ने देखिएको कांग्रेसका सभापति समेत रहेका देउवालाई बधाई दिन गएको र त्यही क्रममा राजनीतिक छलफल पनि भएको मल्लको भनाई छ।

माओवादीका कतिपय नेताहरूले कांग्रेसबाट आफ्नो दलका उम्मेदवारहरूलाई भोट ‘ट्रान्सफर’ नभएको गुनासो गरेको विवरण आएका छन्।

माओवादीका महासचिव देव गुरुङले चुनावको अन्तिम परिणाम आएपछि मात्रै यसबारे आफ्नो दलले समीक्षा गर्ने बताए।

लमजुङबाट उम्मेदवारी दिएका गुरुङ एमालेका पृथ्वी सुब्बा गुरुङसँग पराजित भएका थिए। उनले चुनावी परिणाम र गठबन्धन दुवैबारे पार्टीमा छलफल र समीक्षा हुने बताए।

“कुन कुन दलको के पोजिजन आउँछ त्यसपछि मात्रै छलफल होला,” गुरुङले भने। “हाम्रो दलभित्र पनि समीक्षा हुन्छ। अरू दलमा पनि बैठक होलान्, समीक्षा होला।”

प्रतिनिधिसभा निर्वाचनमा तीन स्थानमा जित उन्मुख रहेको नागरिक उन्मुक्ति पार्टीका नेता रेसम चौधरीसँग डिल्लीबजार कारागार नै पुगेर प्रचण्डले भेट गरेका छन्।

टिकापुर घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको पार्टी झिनो बहुमततर्फ उन्मुख देखिएको सत्ता गठबन्धनका लागि सहयोगी बन्न सक्ने आकलन सत्ता पक्षीय नेताहरूको छ।

“उहाँले चुनावअघिनै भेट्न खोजिरहनुभएको थियो। समय मिलेको थिएन त्यसैले चुनावपछि भेट्न जानुभएको हो,” प्रचण्डका स्वकीय सचिव मल्लले भने।

“भेटमा उहाँले माओवादीसँग नजिक भएर काम गर्ने इच्छा देखाउनुभएको छ। हाम्रो तर्फबाट जनमतको सम्मान गर्नुपर्छ भन्ने कुरा भएको छ।”

मल्लका अनुसार प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराईसँग पनि भेट गर्ने तयारी गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button