No Image Headlineअन्तराष्ट्रियस्वास्थ्य/जिवनशैली

विश्वभर फेरि बढ्न थाल्यो कोरोना, जाडोमा सतर्क रहन विश्व स्वास्थ्य संगठनको आग्रह

Thrill Factory
Rungta Group

विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । कोभिडका कारण विश्वभर मर्नेको संख्या ९० प्रतिशतले घटेको भएपनि कोभिडको नयाँ नयाँ भ्यारिएन्ट देखा पर्दै गर्दा केही देशमा संक्रमण बढ्न थालेको छ ।

विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले बताएअनुसार नौं महीना अघिको तुलनामा विश्वभर कोभिड सम्बद्ध मृत्यु झन्डै ९० प्रतिशतले घटेको छ ।

तर कोभिडका नयाँ नयाँ भ्याएिन्ट निरन्तर देखिरहेकोले सतर्क भने रहनु पर्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । गएको हप्ता कोभिडका कारण विश्वभर ९ हजार ४०० जनाको मृत्यु भएको छ । यो वर्षको फेब्रुअरीमा यो संख्या ७५ हजारमाथि थियो ।

यो निकै सकारात्मक रहेपनि आफूहरुले विश्वभर सबै सरकार समुदाय र व्यक्तिलाई सतर्क रहनु निरन्तर अनुरोध गरिरहेको डब्ल्यूएचओले हालै बताएको थियो ।

सोमबार सकिएको हप्तामा विश्वको औसत संक्रमण अघिल्लो हप्ताको तुलनामा १५ प्रतिशतले घटेर २१ लाखमा झरेको छ । साप्ताहिक मृतकको संख्या पनि अघिल्लो हप्ताको भन्दा १० प्रतिशत कम हो ।

तर जापान, चीनसमेत केही देशहरुमा भने पुनः संक्रमण आकाशिएको देखिएको छ । जापानमा आइतवारसम्मको एक हप्तामा ४ लाख १०० नयाँ संक्रमित थपिएका छन् । यो अघिल्लो हप्ताको भन्दा ४२ प्रतिशत धेरै हो ।

अमेरिका, जर्मनी र चीनमा पनि संक्रमण समग्रमा घटेका छन् । तर हालैका दिनमा चीनका केही ठूला शहरहरु पुनः संक्रमणको चपेटामा आएको छ । विश्वव्यापी मापदन्डको तुलनमा चीनको संक्रमण न्यून रहेको भएपनि सरकारले शून्य कोभिडको नीति अपनाउँदा सर्वसाधारणहरुमा कुन्ठा बढेको छ ।

बुधवार क्वाङचाउमा लगातार तेस्रो दिन २ हजारभन्दा धेरै संक्रमित देखिएका थिए । अधिकारीहरुले सामूहिक परीक्षण शुरु गरेका छन् ।

शहर बन्द गर्ने गरी लकडाउन गरिएका छन् । क्वाङचाउमा संक्रमण यो वर्षको बसन्त याममा शाङ्हाईमा देखिए जस्तै हुने हो कि भन्ने भय बढिरहेको छ ।

चीनले कोभिडसम्बद्ध प्रतिबन्धहरु शुक्रबार देखि केही खुकुलो पारेको छ । शुक्रवारदेखि सीमापारबाट आउने यात्रीहरुको क्वारन्टिन अवधि घटाइएको छ । तर नयाँ नियम कहिले र कहाँ लागू हुन्छ भन्ने चाँहि खुलाईको छैन ।

यो नियम विदेशी वा चिनियाँ वा दुबैलाई लागू हुने हो कि होइन भन्ने पनि स्पष्ट पारिएको छैन । कोभिड बढ्न थालेपछि पार्कहरु बन्द गरिएको अनि अन्य प्रतिबन्धहरु लगाइरहँदा शुक्रबार क्वारन्टिन खुकुलो पारिएको छ ।

शुक्रबार चीनभरमा झन्डै ११ हजार नयाँ संक्रमित थपिएका थिए । क्वाङचाउ र अन्यत्र लगाइएको लकडाउन आइतवार सकिदैंछ ।

तर अधिकारीहरुले पटक – पटक लकडाउनको म्याद थपिरहेकोले यस पटक पनि अन्त्य हुन्छ भन्ने आशा चाँहि छैन । दक्षिण कोरियामा पनि संक्रमणको ग्राफ हालैका दिनमा थोरै उकालो लागेको तथ्यांकले देखाएको छ । जाडोयाममा संक्रमण बल्झिने हो कि भन्ने चिन्ताबीच दैनिक संक्रमण ५० हजारमाथि रहेको छ ।

यूरोपमा बेल्जियम, क्यानडा, इटली, फ्रान्समा पनि संक्रमण बढेको संकेत देखिएको छ । एशियामा भारत, मलेशिया, श्रीलंका, पाकिस्तान लगायत देशमा संक्रमणमा न्यून कमी देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button