देशस्वास्थ्य/जिवनशैली
थप १६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ सय ५४ पिसिआर परीक्षणका क्रममा १४ जना र ५ सय ६३ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप ३५ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।



