अन्तराष्ट्रिय

पुटिनद्वारा युक्रेनका चार क्षेत्र रुसमा गाभिएको घोषणा

Thrill Factory
Rungta Group

अन्तर्राष्ट्रिय निन्दा हुनेगरी रुसले युक्रेनका चारवटा अधीनस्थ क्षेत्रहरूलाई औपचारिक रूपमा रुसमा गाभेको छ।  शुक्रवार क्रेम्लिनको सेन्ट जोर्जेज् हलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मस्कोले स्थापना गरेका नेताहरूका साथ त्यससम्बन्धी “सन्धिहरू”मा हस्ताक्षर गरेका थिए।

पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको रक्षा गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन्। कुलीन रुसी राजनीतिज्ञ र सेनासँगको भेलामा बोल्दै उनले त्यो कुरा बताएका हुन्।

उनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन आह्वान पनि गरेका छन्। प्रतिक्रियास्वरूप किएभले भने उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य हुनका लागि एउटा नयाँ र छिटो हुने प्रक्रियाका लागि प्रयास थालेको छ।

आफ्ना प्रधानमन्त्री र संसदका सभामुखसाथ रहेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन लामो समयदेखि उक्त सुरक्षा सङ्गठनको ‘डी फ्याक्टो’ (विधानतः नभए पनि व्यवहारमा ) सदस्य रहेको बताउँदै सीमालाई परिवर्तन गर्ने मस्कोले “हत्या, झुक्काउने काम, गलत व्यवहार र झूट प्रयोग गरेको” आरोप लगाए।

“हामीले नेटोमा जोडिनका लागि युक्रेनको आवेदनलाई तीव्रता दिन निर्णायक कदमका लागि हस्ताक्षर गरेका छौँ,” मध्य किएभबाट बोलेका जेलेन्स्कीले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button