No Image Headlineमुख्य खबरस्वास्थ्य/जिवनशैली

सरकारको ध्यान जति चुनावमा, जनताको दैनिकी डेङ्गीबाट त्रस्त !

राजधानी काठमाडौंलगायत प्रमुख शहरहरुमा डेंगुका बिरामी बढ्न थालेका छन् । काठामाडौं त यसले महामारीको रूप लिन थालेको छ। जेठमा धरानबाट सुरु भएको डेंगुको संक्रमण मध्य भदौबाट काठमाडौंमा देखिन थालेको थियो। अहिले डेंगुको आशंकामा अस्पताल पुगेकामध्ये झण्डै ९० प्रतिशत बिरामीमा संक्रमण भेटिएको तथ्यांक छ।

देशभर डेंगु संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ। उपत्यकाका तीन जिल्लामा मात्रै कुल संक्रमणको ५८.६७ प्रतिशत संक्रमित छन्। काठमाडौंमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ।

डेंगु संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे पनि बिरामीको ज्यान जान सक्ने चिकित्सकले बताएका छन्। नारायणी सेन्ट्रल अस्पताल वीरगञ्जमा मेडिकल डाइरेक्टर डा. प्रमोद सर्राफ डेंगुको आशंका हुने बित्तिकै चिकित्सकको सल्लाह लिन पनि आग्रह गर्दछन् । डेंगु महामारीको रुपमा फैलिन थालेपछि सो अस्पतालले यसको परीक्षण शुल्क पनि घटाएको छ । यसअघि १२ सय रुपैयाँ रहेको शुल्क घटाएर ४ सय रुपैयाँमा झारिएको डा. सर्राफले बताए । महामारीको समयमा बरामीलाई रोग थाहा पाउन र उपचार सहज होओस् भन्नका लागि शुल्क घटाइएको अस्पतालले बताएको छ ।

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुबाट एक साता अघिसम्म मृत्यु भएका ११ जनामध्येमा सात जना डेंगु संक्रमणकै कारणले मात्र मृत्यु भएको थियो। अन्य चार जना भने अन्य रोगबाट पनि ग्रसित थिए। किटजन्य रोग नियन्त्रण महाशाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार मृत्यु हुनु ढिला उपचारमा पुग्नु नै मुख्य कारण रहेको छ।

डेंगु संक्रमण भइसकेपछि कुनै विशेष औषधि छैन। तर, यसले शरीरमा उत्पन्न गराएको नयाँ समस्याको उपचार समयमै गरे सामान्य स्वास्थ्य भएका बिरामीको मृत्यु भइहाल्ने स्थिति नहुने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन्। डेंगु संक्रमणको जटिलताले मिर्गौला बिग्रिने, छाती या पेटमा पानी जम्ने र शरीरबाट रक्तस्राव हुने गर्छ। यी जटिल समस्या भए जटिलताअनुसार समयमै उपचार गरे बिरामी निको हुने सम्भावना बढी हुने डा कोइरालाले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका प्रमुख डा शेरबहादुर पुनका अनुसार टाउको दुख्ने, बान्ता हुने, आँखाको गेडी दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने बित्तिकै बिरामी अस्पताल जानुपर्छ। यस्ता लक्षण देखिँदा पनि घरमा नै बस्ने हो भने ज्यानै जान सक्ने सम्भावना हुने डा। पुनले बताए।

सरकारले गरेको नियन्त्रणको प्रयास पुरै असफल देखिएको छ। दिनप्रतिदिन संक्रमण फैलिएर देशका विभिन्न जिल्लामा डेगुंको संक्रमण फैलिएसँगै त्रास बढेको छ। अस्पतालमा उपचार गर्न आएका अधिकांश बिरामीमा डेगुं देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिकित्सकलाई यति बेला भ्याइ नभ्याइ छ।

डेंगुको आशंका गर्दै होस या डेगुं सक्रमित जाँच गर्न आएका बिरामीको लाइन सबै अस्पतालमा उस्तै छ। काठमाडौँमा ६ वर्ष यताकै सबैभन्दा बढी डेंगु रोगका बिरामी भेटिएका छन्। यति मात्रै होइन अहिले प्राय अस्पतालमा डेगुंको उपचार गर्ने डाक्टर नै डेगुं संक्रमित बनेका छन्। राजधानी बाहिर केही महिना अघिदेखि नै डेंगुको संक्रमण फैलँदा पनि सरकारले रोकथाम गर्न सकिरहेको छैन। त्यसैले महामारीको रूप लिनुभन्दा पहिला नै डेगुं संक्रमणबाट जोगिनु पर्ने देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button