खबर फटाफटस्वास्थ्य/जिवनशैली

नारायणी सेन्ट्रल हस्पिटलले घटायो डेङ्गु जाँचको शुल्क

Thrill Factory
Rungta Group

वीरगञ्जको नारायणी सेन्ट्रल हस्पिटलले डेङ्गु परीक्षणको शुल्क घटाएको छ ।

डेङ्गु संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनगर गरी सो परीक्षणको शुल्कलाई घटाएर ४०० रुपैयाँ बनाइएको अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रमोदकुमार सर्राफले जानकारी दिए ।

यसअघि सो परीक्षणका लागि १२०० रुपैयाँ लाग्दै आएकोमा अहिले डेङ्गु फैलिँदै गएकाले सर्वसाधारणको स्वास्थ्य सरोकारलाई ध्यानमा राखेर शुल्क घटाइएको अस्पतालले बताएको छ ।

स्वास्थ्यविज्ञहरुले डेङ्गु महामारीको रुपमा फैलिएको भन्दै सरोकारका सरकारी निकायलाई नियन्त्रणका उपायमा गम्भीर हुन सचेत गराउँदै आएका छन् । वीरगञ्जमा पनि पछिल्लो समयमा यो संक्रमण फैलिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button