देशस्वास्थ्य/जिवनशैली

कहिलेसम्म बढ्छन् डेंगुका बिरामी ?

Thrill Factory
Rungta Group

नेपालमा अझै तीन महिना डेँगुका बिरामी बढ्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनसँगै डेँगु तराईबाट पहाड हुँदै हिमाली भेगमा पनि देखिन थालेको छ ।

मधेसमा बढी देखिने डेँगु २०१८ पछि पोखरा, काठमाडौँजस्ता पहाडी शहरमा पनि देखा परेको थियो । सन् २०१९ मा नेपालमा डेँगुको प्रकोप देखिएको थियो । वि।सं। २०६७ मा डेँगुले प्रकोपको रूप लिँदा करिब ११ सय जनामा यो रोग पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको थियो ।

बर्खायाम लागेसँगै गएको दुई महिनाको अवधिमा २५ सय भन्दा धेरैमा जनामा डेँगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार त्यसअघिका ६ महिनाको अवधिमा ४ सय डेँगुका संक्रमित भेटिएका छन् । अघिल्लो वर्ष ५३० जनामा डेँगु पुष्टि भएको थियो ।

डेँगुबाट जोगिन के कुरामा ध्यान दिने  ?
लामखुट्टेको टोकाइले डेँगु सार्ने भएकाले सकभर लामखुट्टेले नटोक्ने गरी जोगिने गर्नुपर्छ । पूरा बाहुला भएको लुगा लगाउन र अनिवार्य झुलभित्र सुत्ने गर्नुपर्छ ।

साथै घरको झ्याल तथा ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने र घर, कार्यालय तथा अन्य क्षेत्रमा पानी जम्न दिनु हुँदैन । चिकित्सकका अनुसार खाल्डाखुल्डी र खानेपानी या ढल चुहिएको छ भने त्यसलाई तत्काल मर्मत गर्नुपर्छ ।

यस्तै गमला प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने तथा पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने गर्नुपर्छ । उच्च ज्वरो आएमा, ज्यान अत्यधिक दुखेमा तत्काल अस्पताल जान चिकित्सकको सल्लाह छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button