No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

१ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित कति ?

नेपालमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ६ सय ४३ पिसिआर परीक्षणका क्रममा ६५ जना र २ हजार १ सय ९६ एन्टीजेन परीक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय ९६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ८१ हजार ५९ जना निको भएका छन् । 

हाल नेपालमा ३ हजार ६ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button