अन्तराष्ट्रिय

इमरान खानले अर्थतन्त्र बिगारेको पाकिस्तानी आन्तरिक मामिला मन्त्रीको आरोप

Birgunj Metropolitan Notice

पूर्व प्रधानमन्त्री इमरान खानको शासनकालमा पाकिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको वर्तमान पाकिस्तानी आन्तरिक मामिला मन्त्रीले बताएका छन् ।

पाकिस्तानी आन्तरिक मामिलामन्त्री राना सनाउल्लाहले इमरान खान र उनी नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पार्टी पीटीआईको शासनकालमा पाकिस्तानी अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका हुन् ।

इस्लाम खबरका अनुसार इमरान खान र पीटीआईले  पाकिस्तानका लागि महत्वपूर्ण ४ वर्ष खेर फालेको उनको आरोप छ ।

फैसलावाद शहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सनाउल्लाहले पीटीआईले मुलुकको अर्थतन्त्रलाई बर्बाद बनाएको र यसकारण अस्थिरता उत्पन्न भएको आरोप समेत लगाए ।

इस्लामखबरका अनुसार उनले पीटीआईकै नीतिहरुका कारण पाकिस्तान भारी विदेशी ऋणमा डुबेको समेत बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button