अन्तराष्ट्रियस्वास्थ्य/जिवनशैली

२० दिनभित्र दुई पटक कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि !

स्पेनमा एक ३१ वर्षे महिलालाई २० दिनभित्र दुई पटक कोरोनाभाइरस सङ्क्रमण भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। उनी स्वास्थ्यकर्मी हुन्।

अनुसन्धानकर्ताहरूका अनुसार त्यति छोटो अवधिमा कोभिड दोहोरिएको त्यो नै जानकारीमा आएको पहिलो घटना हो।

परीक्षणबाट उनलाई कोरोनाभाइरसका दुई भिन्न भेरिअन्टबाट सङ्क्रमण भएको थियो। डिसेम्बर महिनाको अन्त्यतिर डेल्टा र जनवरीमा ओमिक्रोन भेरिअन्टले उनलाई कोभिड गराएको पुष्टि भएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार यसबाट पहिला कोभिड भएको तथा पूरा मात्रा खोप लगाएको छ भने पनि फेरि कोभिड हुन सक्ने देखिन्छ।

यूकेमा ९० दिनको फरकमा फेरि कोभिड पुष्टि भए मात्र त्यसलाई पुनः सङ्क्रमण भएको मानिन्छ।

त्यसका आधारमा एप्रिल महिनाको आरम्भसम्म झन्डै नौ लाख मानिसलाई दोहोर्‍याएर कोभिड भएको हुनसक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

कोभिड पुष्टि भएकामध्ये एकदमै थोरै बिरामीबाट सङ्कलित नमुना मात्र भेरिअन्ट छुट्ट्याउन आनुवंशिक परीक्षणका लागि पठाइन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button