No Image Headlineप्रदेशमुख्य खबरविशेष

वीरगञ्जमा कांग्रेसले यस कारण स्वीकार्न सकेको छैन राजेशमानलाई

Thrill Factory
Rungta Group

केन्द्रीय नेतृत्वले स्थानीय तह चुनावमा लागि सत्ताधारी दलहरुबीच तालमेलको अन्तिम कसरत गरिराख्दा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरु गठबन्धनको विपक्षमा उभिएका छन् ।

वीरगञ्ज महानगरमा गठबन्धन मान्य नहुने र नेपाली कांग्रेसले नै आफ्नो उम्मेदवार उठाउनुपर्ने पक्षमा विज्ञप्तिमाबाजी हुनु पछाडिको मुख्य कारण के हो त ?

सम्भावित गठबन्धनले मेयरको रुपमा जनता समाजवादी पार्टीका राजेशमान सिहंलाई समर्थन गर्ने सम्भावना देखिएपछि कांग्रेसजन विरोधमा उत्रिएका हुन् ।

वीरगञ्जका कांग्रेसीहरुले राजेशमानको विवादास्पद छवि र उनको दादागिरी, लठैत पृष्ठभूमिका कारण उनलाई मेयरको उम्मेदवारको रुपमा स्वीकार्न नसकिने बताउँछन् ।

लोकतान्त्रिक समाजवादीबाट टीकटकै आशमा नेकपा एमालेका छिरेका राजेशमान त्यहाँ टीकट नपाउने देखेपछि हठात जसपामा हाम्फालेका थिए ।

एमालेले मेयरको उम्मेदवारको रुपमा वाहालवाला मेयर विजयकुमार सरावगीलाई पार्टीमा भित्र्याएपछि राजेशमानको पत्ता कटेको थियो ।

टीकटकै लागि यो र त्यो पार्टीमा कुद्नेले वीरगञ्जलाई नेतृत्व दिन नसक्ने र त्यस्तो व्यक्तिलाई मत हाल्न बाध्य पारिनु आम कार्यकर्ताको घोर अपमान हुने बुझाई कांग्रेस जिल्ला नेतृत्वको छ ।

राजेशमानको विवादास्पद छविका कारण उनलाई आम कांग्रेस कार्यकर्ताले उम्मेदवारको रुपमा स्वीकार्न सकेका छैनन् ।

आफूलाई मेयरको प्रत्यासीको रुपमा प्रचार गरिहेका राजेशमानले वीरगञ्जको विकास र समृद्धिका लागि कुनै एजेण्डा नबोकेको र त्यो दृष्टिकोण उनीमा नभएको बुझाइ कांग्रेसीहरुको छ ।

चुनावी एजेण्डाका नाममा अन्य पार्टीबाट मेयरका प्रत्यासीलाई गालीगलौजबाहेक अन्य रचनात्मक विचारसमेत दिन असक्षमलाई मेयरको उम्मेदवारको रुपमा बोक्न नसकिने कांग्रेसीहरु बताउँछन् ।

राजेशमानको सट्टामा राम्रो उमेदवार उठाएमा जसपालाई नेतृत्व दिन सकिने जवाफ कांग्रेसले गठबन्धनका दलमा कुरा राखेको बुझिएको छ ।

राजेशमानको विकल्प नदिए गठवन्धनमा भोट नदिने चेतावनी गठबन्धनका अन्य दलहरुले पनि दिएका छन् । जेशमानलाई टीकट दिलाउने शर्तमा दलमा छिराएको जसपाभित्रकै विचारशील नेता कार्यकर्ताले पचाएका छैनन् ।

स्वार्थको सौदाबाजी गर्ने जसपाका केही स्थानीय नेतामात्रै राजेशमानको पछि लागेका छन् । नेपाली कांग्रेस र जसपाका पर्सा जिल्ला नेतृत्वले निकालेको विज्ञप्तिले पनि राजेशमानलाई उम्मेदवारको रुपमा स्वीकार गर्न नसकेको प्रष्ट हुन्छ ।

कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपा पर्सा अध्यक्ष रामनारायण प्रसाद सिंहले प्रेस विज्ञप्ति जारी गरी वीरगञ्ज महानगरपालिकासहित १४ वटै पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने सहमति सार्वजनिक गरेका थिए । उनीहरुको विज्ञप्ति वीरगञ्जमा गठबन्धन अस्वीकारमा केन्द्रित थियो ।

नेपाली कांग्रेसका विभिन्न तहगत समितिहरुले यसअघि नै गठबन्धन मान्य नहुने भन्दै केन्द्रीय नेतृत्वलाई चेतावनीसहितको विज्ञप्ति निकालिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button