देशस्वास्थ्य/जिवनशैली

कोभिड सक्रिय सङ्क्रमित ५०० भन्दा कम, खोपको पूरा मात्रा लगाउन विज्ञको आग्रह

नेपालमा शुक्रवार कोभिड-१९ को सक्रिय सङ्क्रमित सङ्ख्या ४३८ जना छ।

कोभिड महामारीको एक वर्षअघिको दोस्रो लहरयता बिहीवार पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा कम पुगेको हो।

यो अवस्थालाई स्वास्थ्य अधिकारीहरूले ‘सजगतापूर्वक सामान्य जनजीवन कायम राख्नुपर्ने समय’ भएको बताएका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, “समयभित्रै दोस्रो मात्रा खोप लगाउन धेरै मानिसहरू आइसक्नुभएको छैन। कतिपयको खोप लगाएको धेरै समय भइसकेको छ तर बुस्टर लगाउन आउनु भएको छैन।”

अधिकारीहरूले भिडभाड बढेको भन्दै नयाँ किसिमको लहर देखा परेको अवस्थामा त्यो छिट्टै फैलन सक्ने अवस्था रहने पनि बताउँछन्।

छिमेकी देशहरूमा नयाँ भेरिअन्ट देखिएको र सङ्क्रमितहरू सङ्ख्या उच्च रहेको अवस्थामा नेपालमा समेत ह्वात्तै बढ्न सक्ने जोखिम कायम रहेको स्वास्थ्य अधिकारीहरू बताउँछन्।

जनस्वास्थ्यविद् डा. शरद वन्तले ‘जोखिमको तीव्रताको आकलन गर्दै त्यसलाई न्यूनीकरण गर्ने विधि अपनाउने काम महत्त्वपूर्ण हुने’ बताउँछन्।

उनी भन्छन्, “सरकारले बाहिरबाट आउन सक्ने सङ्क्रमणलाई नजिकबाट निगरानी गर्ने कामलाई उत्तिकै जोडबलसाथ कायम राख्नुपर्ने हुन्छ।”

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button