No Image Headlineअन्तराष्ट्रियस्वास्थ्य/जिवनशैली

थपिए कोरोना भाइरसका नयाँ लक्षण, केके हुन् ?

कोभिडका नौ नयाँ लक्षणहरू थपिएका छन्।

यूकेको हेल्थ सेक्युरेटी एजेन्सीले हालै जारी गरेको निर्देशिकामा कोरोनाभाइरस सङ्क्रमणमा घाँटी दुख्ने, जीउ दुख्ने र पखालासहित अन्य लक्षणहरू थपेको हो।

महामारी सुरु भएको दुई वर्षपछि इङ्गल्यान्डमा निःशुल्क परीक्षण अन्त्य भएको केही दिनपछि नयाँ लक्षणहरू थपिएको हो।

यद्यपि न्याश्नल हेल्थ सर्भिसेजले धेरै नयाँ लक्षणहरू रुघाखोकी र फ्लुका लक्षणसँग मिल्दोजुल्दो रहेकोले होसियार रहन भनेको छ।

 

यसअघि कोभिड सङ्क्रमणमा निम्न लक्षणहरू देखिने मानिएको थियो:

  • ज्वरो
  • नयाँ तारन्तार खोकी
  • गन्ध वा स्वाद हराउने

महामारीको सुरुवातदेखि नै यी तीनलाई प्रमुख लक्षणहरू भनिएको थियो। विश्व स्वास्थ्य सङ्गठन र अमेरिकाले केही समय यता थप लक्षणहरू सहितको सूची प्रयोग गर्ने गरेको थियो।

तर यूकेमा भने कोभिडका कुन-कुन लक्षणहरूलाई प्रमुख मान्ने र त्यसका आधारमा निःशुल्क परीक्षण गर्ने भन्ने विषयमा मतभेद रहेको थियो।

टाउको दुख्ने कोभिडको लक्षण हो तर टाउको मात्रै दुखेको भरमा कसैले पनि कोभिडको परीक्षण गर्न नचाहने अवस्था हुँदा यस्ता लक्षणलाई समावेश गर्ने कि नगर्ने भन्ने स्पष्ट थिएन।

ज्वरो, खोकी र स्वाद वा गन्ध हराउने लक्षण चाहिँ अधिकांश सङ्क्रमणमा देखिने वा कोरोनाभाइरसकै कारणले मात्रै हुने हुँदा तिनलाई प्रमुख लक्षण मानिएको थियो।

तर अब कोभिडका लक्षणमा यूकेमा निम्न नयाँ नौ लक्षण थपिएका छन्:

  • श्वासप्रश्वासमा असहजता
  • थकान
  • जीउ दुख्ने
  • टाउको दुख्ने
  • घाँटी दुख्ने
  • सिँगान बग्ने वा नाक बन्द हुने
  • भोक नलाग्ने
  • पखाला
  • बिरामी महसुस हुने

यूकेमा हालसम्म ४९ लाख मानिसलाई कोभिड सङ्क्रमण भएको छ जुन प्रति १३ जनामा एक जना बराबर हो। इङ्गल्यान्डमा धेरैजसो मानिसका लागि निःशुल्क परीक्षण गत सातादेखि बन्द गरिएको छ।

न्याश्नल हेल्थ सर्भिसेजे मानिसहरूलाई कोभिडका लक्षण र ज्वरो देखिए सकेसम्म घरमै बस्न र अन्य व्यक्तिबाट टाढै बस्न सुझाव दिएको छ।

किङ्ग्स कलेज लन्डनका प्राध्यापक टीम स्पेटरले लामो समयदेखि धेरै कोभिड सङ्क्रमित मानिसहरूको लक्षणहरू अध्ययन गरेका र त्यसका आधारमा लक्षणको सूची बढाउनु पर्ने बताउँदै आएका थिए।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button