अर्थस्वास्थ्य/जिवनशैली

सुन्दर भान्छा र सजावट चाहियो ? वीरगञ्जमै खुल्यो मोडुलर किचेन कन्सेप्ट एण्ड फर्निचर

Thrill Factory
Rungta Group

जोकोहीलाई आफ्नो घरको भान्छा चिटिक्क परेको होओस् भन्ने लाग्दछ । सुन्दर घर, बैठक र सुन्दर भान्छा सबैको चाहाना हुन्छ ।

सुन्दर घरका लागि भान्छा र बैठकदेखि बेड रुम, बाथरुम सम्मको सुन्दर व्यवस्थापन र बनावट आवश्यक हुन्छ । अब वीरगञ्जमा यस्तै आवश्यकता पूरा गर्न उद्यमीहरुले मोडुलर किचेन कन्सेप्ट र फर्निचरको सेवा शुरु गरेका छन् ।

उद्यमी सञ्जय अग्रवाल, चेतना अग्रवाल, प्रकाश टिवडेवाल र दीपक टिवडेवालको सहकार्यका वीरगञ्जमा यस्तो सेवा शुरु भएको हो । अब वीरगञ्जका बासिन्दालाई आफ्नो घर सुन्दर बनाउन बाहिरबाट यस्ता सेवाको आपूर्ति गर्नुपर्ने बाध्यता हटेको उद्यमी सञ्जय अग्रवालले बताए ।

वीरगञ्जको लोहारपट्टीस्थित आरबी कम्पलेक्समा सञ्चालनमा आएको अत्याधुनिक किचन कन्सेप्ट तथा फर्निचर शोरुमको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी र पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले संयुक्त रुपमा उदघाटन गरे ।

अत्याधुनिक भान्साको अवधाराणा घरपरिवारको स्वास्थ्यको मात्र नभईको सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने सरावगीले बताए । नेपालको विभिन्न ११ स्थानमा खुलेको यस्तो आधुनिक भान्साको सामग्रीहरु पाईने शो रुम वीरगञ्जमा खुलेको हो ।

सानो र चिटिक्क परेको ठाउँमा नै भान्सा, खानेकुरा र भाँडाकुँडाहरू सजाएर राख्न सकिने गरी भान्छा बनाइने सञ्चालक सञ्जय अग्रवालले बताए । सन् २००४ मा काठमाडौंबाट सुरुवात गरेको व्यावायस नेपालका ११ जिल्लामा किचेन कन्सेप्ट र ८ जिल्लामा अत्याधुनिक फर्नीचरको शोरुम संचालनमा आएको अग्रवालले जानकारी दिए ।

निकट भविष्यमा अन्य जिल्लास्थित मुख्य सहरहरुमा पनि सेवा विस्तार गर्ने योजना राखिएको छ । शो रुमका धुवाँ र तेल सोस्ने विद्युतीय चिम्नी, फिल्टर, खाना स्वच्छ राख्ने रेफ्रिजिरेटर, खाना पकाउन सजिलो हुने कुकिङ रेञ्ज, कुक टप, ओभनजस्ता ग्याँस र बिजुलीबाट चल्ने थरिथरिका चुल्हो, माइक्रोवेभ आदि पाइने सञ्चालक दीपक टिवडेवालको भनाइ छ ।

एक करोडको लगानीमा सञ्चालनमा ल्याईएको किचेन कन्सेप्ट शो रुममा फर्निचर र वेड रुमको सेटहरु पनि पाइने बताइएको ।

टेबल तथा वारडर्बलगायतका सामानहरु पाइने अग्रवालले जानकारी दिए । शो रुममा सकेसम्म स्वदेशी उत्पादन प्रयोग गर्ने र यहाँ उपलब्ध नहुने सामान बाहिरबाट भिकाउने बताइएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button