No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

ओरालो लाग्यो कोरोना संक्रमण : जोखिम कायमै रहेकाले सतर्कता नछोड्न विज्ञको आग्रह

नेपालमा केहि दिन यतादेखि कोरोना संक्रमितको संख्या घटेर १ हजारभन्दा तल झर्न थालेको छ ।

उता नेपालमा कोभिड१९ को तेस्रो लहर ओरालो लागेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। पछिल्लो तथ्यांकले पनि नेपालमा संक्रमणदर र मृत्युदर घट्दो भएको पुष्टि गरेको छ ।

संक्रमण दर घट्दो भए पनि संक्रमणको जोखिम र त्यसले पार्ने असरहरू कायम रहने जनस्वास्थ्यविद्हरू बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार नेपालमा विगत २४ घण्टामा ८३६ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकका विभिन्न भागमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा ४ हजार २६० ओटा पीसीआर परीक्षण गर्दा ४९१ जना र २ हजार ३९४ ओटा एन्टिजेन परीक्षण गर्दा ३४५ जना गरी कुल ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार यस अवधिमा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ ।

१ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । अहिले मुलुकभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार १०२ मात्र रहेको छ ।

यसैगरी सोही अवधिमा २ लाख ८८ हजार ८३७ जनाले खोप लगाएको मन्त्रालयले बताएको छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button