No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

कोरोना अपडेट : २४ घण्टामा १ हजार ३८६ संक्रमित थपिँदा ८ हजार ७०४ जना संक्रमणमुक्त

नेपालमा विगत २४ घण्टामा कोरोना भाइररसबाट थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमूना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र २ हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी सोही अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । त्यस्तै उक्त अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार मुलुकभर ४५ हजार २४८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button