देशमुख्य खबरस्वास्थ्य/जिवनशैली

कोरोना महामारीमा नेपाल :ओमिक्रोन भेरियन्ट अब ओरालो लागेको हो ?

माघ ६ गते एकैदिन १२ हजार ३३८ जना कोरोना संक्रमित भेटिए। त्यसदिन २७ हजार ४९७ जनाको कोरोना परीक्षण भएको थियो।

संक्रमित र कोरोना परीक्षणको यो संख्या नेपालमा कोरोना संक्रमण पुष्टि भएयताकै सबैभन्दा उच्च हो। त्यस दिन कोरोना संक्रमणदर ४४ दशमलव ८ प्रतिशत थियो भने चार जना संक्रमितको मृत्यु भएको थियो।

आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भयो। यो संख्या माघ २ गते पछिको सबभन्दा कम हो। आइतबार १३ हजार १४५ जनाको परीक्षण हुँदा ३ हजार ५४० जनामा संक्रमण भेटिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा माघ १२ गतेदेखि संक्रमितको संख्या घट्न थालेको देखिन्छ। सबैभन्दा बढी संक्रमित भेटिएको दिन (माघ ६) यता १० हजारको आसपासमा घुमेको संक्रमितको संख्या चार दिन यता ओरालो लागेको छ।

माघ १२ गते ८ हजार ४५४ जना संक्रमित भेटिदा १३ गते ८ हजार १७, १४ गते ६ हजार ८२७ र १५ गते ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ। माघ ८ गते ५० दशमलव ८ प्रतिशत पुगेको संक्रमणदर आइतबार २६ दशमलव ९३ प्रतिशतमा झरेको छ।

यी दिनमा संक्रमितको संख्या मात्र नभई कोरोना परीक्षण गराउनेको संख्यामा पनि कमी आएको छ। माघ १२ गते २० हजार ३५९, १३ गते २१ हजार ८०८, १४ गते १९८६९ र १५ गते १४ हजार ५६२ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

त्यसो त नेपालमा पुस २१ गतेदेखि कोरोनाको तेस्रो लहर सुरु भएको देखिन्छ। अर्थात् २१ गतेबाट नै कोरोना संक्रमित र संक्रमण दरको संख्या दैनिक उकालो लाग्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

पुस २० गतेसम्म २ सयको आसपासमा रहेको संक्रमितको संख्या २१ गतेबाट दोब्बरले बढ्दै दैनिक रुपमा ह्वात्तै बढेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button