No Image Headlineदेशमुख्य खबरस्वास्थ्य/जिवनशैली

भेरोसेल लगाएकालाई बुस्टर डोज कोभिसिल्ड, फरक खोप लगाउँदा के हुन्छ ?

सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोप भन्दा फरक खोप दिने निर्णय गरेको छ ।

डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरिएको हो ।

बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिन ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन भनिएको छ ।

त्यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप प्रदान गर्ने निर्णय गरिएको हो ।

सरकारको यो निर्णयले जेष्ठ नागरिक अन्यौलमा परेका छन् । पहिलो र दोश्रो डोज भेरोसेल अभावका कारण सरकारले मौज्दात रहेको कोभिसिल्ड दिन लागेको भन्दै अन्यौलमा परेका हुन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button