कोरोना महामारी : १७ जिल्ला रेड जोनमा, कुनकुन हुन् ?
कोरोनाभाइरसको ५०० भन्दाबढी संक्रमित भएको जिल्ला १७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । सरकारले ५०० भन्दा बढी संक्रमित रहेको जिल्लालाई रेड जोनमा राख्ने गरेको छ ।
यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेशनमा ८८ हजार २४८, संस्थागत आइसोलेसनमा एक हजार ८१९, आइसियुमा २५१ र भेन्टिलेटरमा ४८ जनाको उपचार हुँदैछ । देशभर सक्रिय संक्रमित ९० हजार बढी रहेका छन् ।