No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

सरकारी भण्डारमा १ करोड १३ लाख डोज खोप : होला त पुस मसान्तको लक्ष्य पूरा ?

Thrill Factory
Rungta Group

सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने घोषणा गरेको भए पनि घोषित समयमा लक्ष्य पूरा नहुने संकेत देखिएको जनस्वास्थ्य तथा खोप विज्ञको विश्लेषण छ।

संघीयसहित सबै प्रदेशमा गरी १ करोड १३ लाख ५९ हजार ४ सय ७ डोज खोप भण्डारण रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। दैनिक ५ लाखदेखि ६ लाखजनाले खोप लगाएमा मात्र लक्ष्य प्राप्त हुने खोप शाखाका पूर्वप्रमुख डा। झलक गौतमले बताए। ‘लक्ष्य प्राप्त हुन दैनिक कम्तीमा ६ लाखलाई खोप दिनुपर्छ, त्यो देखिएको छैन’, उनले भने।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक खोप लिनेको संख्या औसत २ लाख ३० हजार आसपास छ। मंगलबार खोप लिनेकोे संख्या २ लाख ८३ हजार २ सय ६५ थियो भने बिहीबार यो संख्या ५६ हजार १ सय १२ र शुक्रबार १ लाख ३९ हजार १ सय ५२ जनाले खोप लिएका छन्।

सोमबार ५ लाख ८३ हजार ३ सय १९ जनाले खोप लगाएका थिए। विगतको तथ्यांक पनि समावेश भएकाले सोमबारको तथ्यांक धेरै देखिएको हुन सक्ने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा बाबुराम मरासिनी बताउँछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button