No Image Headlineस्वास्थ्य/जिवनशैली

चिसोमा हिटर तथा गिजर चलाउँदा सावधानी अपनाऔं, गल्ती गरे जान सक्छ ज्यान

मुलुकभर केहिदिनदेखि चिसो अत्यधिक रुपमा बढेको छ। अझ काठमाडौं उपत्यका आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात परेको छ । यो समयमा अत्यधिक चिसो हुनु स्वभावि पनि हो ।

चिसोको समयमा  ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्ने गर्दछ ।  जाडो मौसममा पानी तताउन तथा कोठा तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ।

ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि  यसको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन  आग्रह गरेको छ। केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिने मन्त्रालयको भनाइ छ।

मन्त्रालयले जारी गरेको अपिलमा हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न भनिएको छ ।

सकेसम्म कोइलाजन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन ।त्यसैगरी आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री पनि नजिक राख्नु हुँदैन ।आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ,  ।

रातको समयमा अनिवार्य रुपमा हिटर निभाएर सुत्नुपर्छ । बाथरुपमा नुहाउने क्रममा गिजरको प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक छ । साभार आर्थिक अभियान

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button