खबर फटाफटस्वास्थ्य/जिवनशैली

२३६ जना नयाँ संक्रमित थपिए

नेपालमा शनिबार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ६ सय ७२ पीसीआर परीक्षणका क्रममा १ सय ९४ जना र ३ हजार ५ सय ६ एन्टीजेन परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ७ सय ५० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ३ सय ७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ हजार ५ सय ४४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ८ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button