खबर फटाफटस्वास्थ्य/जिवनशैली

थप २५९ जनामा कोरोना संक्रमण, ३३७ जना संक्रमणमुक्त

नेपालमा  पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ६ हजार ४७२ पीसीआर परीक्षणमा २३२ जना र ४ हजार १५ एन्टिजेन परीक्षणमा २७ जना गरी कुल २५९ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, सोही अवधिमा देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ पुगेको छ । यसैगरी, शुक्रवार ३३७ जना निको भएसँगै हालसम्म ८ लाख ६ हजार २३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button