अन्तराष्ट्रिय

पूर्वसुरक्षाकर्मीमाथिको हत्या रोक्न तालिवानलाई २२ देशको आग्रह

Thrill Factory
Rungta Group

अमेरिका र उसका गठबन्धन देशहरुले अफगानिस्तानमा पूर्व सुरक्षाकर्मीहरुमाथि भइरहेका आक्रमण तत्काल रोक्न माग गरेका छन् ।

अमेरिकासहित २२ देशहरुले एक विज्ञप्ति जारी गर्दै पूर्व सरकारका सुरक्षाकर्मीहरुलाई हमला नगर्न र मुस्लिम शासन सम्मान गर्न माग गरेका हुन् । ‘तालिवानले ठूलो संख्यामा पूर्वसुरक्षाकर्मी र सरकारी कर्मचारीको हत्या गरेको विवरणप्रति हामी गम्भीर चासो व्यक्त गर्दछौ‌,’ विज्ञप्तिमा भनिएको छ ।

तालिवानले पूर्वसुरक्षाकर्मी र कर्मचारीहरुको हत्या गरेको विवरण सार्वजनिक भइरहेका बेला पश्चिमेली देशहरुले चासो जनाएका हुन् । यसै साता मानवअधिकारवादी समूह ह्युमन राइट वाचले एक प्रतिवेदन सार्वजनिक गर्दै तालिवानले १०० सुरक्षाकर्मीको हत्या गरेको जनाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button