No Image Headlineअन्तराष्ट्रियमुख्य खबर

विश्वभर साढे ६ लाख कोरोना संक्रमित थपिए

Thrill Factory
Rungta Group

विश्वभर साढे ६ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ५४ हजार १५ जना संक्रमित थपिएका छन् भने ४ लाख ४४ हजार १५५ जना निको भएका छन् ।

यही अवधिमा ८ हजार ८८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा एक हजार ५४६ जना छन् ।

त्यसैगरी रुसमा एक हजार २२६, पोल्याण्डमा ५७०, युक्रेनमा ५५७, जर्मनीमा ४१५ र टर्कीमा १९६ जना छन् ।

थपिने संक्रमित पनि अमेरिकामा सबैभन्दा धेरै एक लाख १४ हजार ९१४, फ्रान्समा ४९ हजार ६१०, बेलायतमा ४८ हजार ३७४, रुसमा ३२ हजार ८३७, टर्कीमा २२ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो ।

निको हुनेमा अमेरिकामा ६७ हजार ९२३, जर्मनीमा ४४ हजार ३००, रुसमा ३५ हजार ६७९, बेलायतमा ३३ हजार ४२२, युक्रेनमा २६ हजार १६० र टर्कीमा २४ हजार ११३ छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button