खबर फटाफटदेश

३१६ जनामा कोरोना संक्रमण, २५९ जना संक्रमणमुक्त

नेपालमा विगत २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार उक्त अवधिमा देशभर १२ हजार ७२७ ओटा नमूना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २५९ जना भने संक्रमणमुक्त भएका छन् ।

यसैगरी सो अवधिमा कोरोना संक्रमणबाट तीन जानाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ ।

काठमाडौं उपत्यकाभित्र कुल १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसअनुसार काठमाडौं जिल्लामा ११९ जना ,ललितपुर जिल्लामा २९ जना र भक्तपुर जिल्लामा दुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button