अहिलेका खोपहरूले ओमिक्रोन भेरिएन्टविरुद्ध काम गर्छन् त ?

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले द्रुत गतिमा म्युटेसन गरेर संसारलाई चिन्तित बनाएको छ ।
ओमिक्रोनको ५० वटा रूप परिवर्तन भइसकेको बताइएको छ । यसले रूप परिवर्तन गरिरहँदा अहिले उपलब्ध खोपहरू प्रभावकारी हुन्छन् कि हुँदैनन् भनी आशंका व्यक्त गरिएको छ ।


बेलायती कम्पनी मोडर्नाले उपलब्ध खोपहरू ओमिक्रोनविरुद्ध कम प्रभावकारी हुने आशंका गरेको छ । अहिलेका खोपहरू चीनको वुहानमा देखिएका ओरिजिनल कोरोनाभाइरस स्ट्रेनको हिसाबमा बनाइएका हुन् । तर ओमिक्रोन स्ट्रेन निकै फरक छ ।
त्यसैले खोप यसमा प्रभावकारी हुने देखिँदैन । नयाँ भेरिएन्टविरुद्ध व्यापक संख्यामा खोप बनाउन फार्मास्युटिकल कम्पनीहरूलाई महिनौं लाग्नेछ । अहिलेकै खोपहरूलाई कम्पनीहरूले अर्को वर्ष मोडिफाई गर्नुपर्ने हुन्छ ।
मोडर्नाले आवश्यकता परेमा नयाँ भेरिएन्ट विरुद्धको खोप सन् २०२२ को फेब्रुअरी महिनासम्म आउन सक्ने बताएको छ । मोडर्नाले पहिले पनि कोरोनाको एमआरएनए खोप बनाइसकेको छ ।
फाइजर कम्पनीले पनि आवश्यकता परेमा ओमिक्रोनविरुद्ध नयाँ खोप ६ हप्तामा बनाइसक्ने र त्यसको आरम्भिक डोज १०० दिनमा उपलब्ध गराउने बताएको छ । विश्व स्वास्थ्य संगठनले अहिलेसम्म संसारभरि आठवटा कोरोना खोपको उपयोगलाई स्वीकृति दिएको छ ।