No Image Headlineदेशमुख्य खबर

एमाले महाधिवेशन : पदाधिकारीमा सबै ओली सूचीका विजयी, १७ बुँदे घोषणापत्र जारी

Thrill Factory
Rungta Group

नेकपा एमालेको जारी महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । पदाधिकारी पनि ओलीले प्रस्ताव गरेको सूचीका उम्मेदवारहरुमात्र विजयी भएका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६ मत, सुरेन्द्र पाण्डे १९२५ मत, सुवास नेम्वाङ १८६५ मत, विष्णु पौडेलले १८५६ मत, युवराज ज्ञवाली १८४२ मत र रामबहादुर थापा १७६८ मत ल्याएर विजयी भए । यी ६ जना नै उपाध्यक्षहरु ओलीले बन्दसत्रमा प्रस्ताव गरेका नेताहरु हुन् ।

ओलीको सूची बाहिरबाट उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भए । उनले ७२५ मत प्राप्त गरे ।

यस्तै सचिवमा पनि ओलीले प्रस्ताव गरेकामात्र विजयी भएका छन् । सचिव पदमा गोकर्ण विष्ट १९७६ मत, योगेश भट्टराई १९६४ मत, पद्मा अर्याल १८०० मत, छविलाल विश्वकर्मा १८०० मत, लेखराज भट्ट १७०४ मत, टोप बहादुर रायमाझी १७०० मत र रघुविर महासेठ १५१३ मत ल्याएर विजयी भए ।

ओलीको सूचीबाहेक उम्मेदवार बनेका भीम आचार्य १३०० मत र टंक कार्की ५०० मत ल्याएर पराजित भए ।

ओली भीम रावललाई पराजित गर्दै अध्यक्ष निर्वाचित भए भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिबमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका थिए ।

उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।

घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता छ ।

घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ । महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । पदाधिकारी १९ जना रहेका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button